नवलपरासीको एक युवकलाई जबरजस्ती करणीको मुद्दा चलायो
श्याम थापा
नवलपरासी १ कार्तिक
पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीले एक युवकलाई जबरजस्ती करणीको मुद्दा चलाएको छ ।
मिति २०७५ साल असोज २९ गतेका दिन सुस्ता गाउँपालिका वार्ड न ३ मर्चहवा बस्ने बर्ष १८ को रन्जित धरिकारले प्रतापपुरकी १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धरिकारलाई जबरजस्ती करणीको मुद्दा चलाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताउनु भयो ।
धरिकारलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको र धरिकारसंग अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनु भएको छ ।