दुई छोराको हत्या पछि आत्महत्या

0

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षीय सुरेन्द्र रामले आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।




रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए ।
मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।







सम्बन्धित
Loading...