निर्मला पन्त हत्या प्रकरण : एसपी विष्टलाई निष्काशनको सिफारिश

0 86







काठमाडौं । निर्मला पन्तको बलात्कालपछि भएको हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

You might also like
Loading...