गैडाकोटबाट जुवाको खालबाट साढे चार लाख सहित १५ जना पक्राउ

0

नवलपरासी, ५ कात्तिक ।
पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय गैडाकोटले आज विहान जुवाको खालबाट साढे चार लाख सहित १५ जनालाई पक्राउ गरेको छ ।
गैडाकोट नगरपालिका १ व्रिटिस क्याम्प नजिकै रहेको खरको टहरा भित्र लुकेर कौडा खेलिरहेको अवस्थामा साढे चार लाख रुपैयाँ सहित १५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले बताए ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गैडाकोटमा राखिएको छ । पक्राउ पर्नेमा गैडाकोट १ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदिप लामा, भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्ण हरि शर्मा, चितवनको रत्ननगर नगरपालिका १४ का बिशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लम्जुङ्ग जिल्लाका बेसीसहर २ का विपिन गुरुङ रहेका छन् ।







सम्बन्धित
Loading...