नवलपरासीमा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो, मृतक सातै जनाको सनाखत
नवलपरासी, ५ कात्तिक ।
नवलपरासीको अरुणखोलामा आइतवार विहान भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतक सातै जनाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाईते सोलुखुम्वुका ३० वर्षिय गणेश बस्नेतको सोमबारराति उपचारका क्रममा मृत्यु भएको हो ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भई मध्यविन्दु नगरपालिका ११ अरूणाखोलामा सडकबाट खस्दा घटना स्थलमै ५ जना र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।
चालक निधाएका कारण बस दुर्घटनामा परेको बसमा सवार यात्रुहरुले जनाएका छन् ।
दुर्घटनामा घाइतेमध्ये २० जनाको भरतपुरमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका कर्मचारी अब्दुल अन्सारी, नेपाली सेनामा कार्यरत गुल्मी हातचौर गाउँपालिका २ का ३५ वर्षका तिलक बिष्ट ,मोरंगका १२ वर्षका सहुन कार्की, भोजपुरका रामजित राई, भारतीय नागरिक विद्यानन्द यादव, भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षका दीपक पासवानको निधन भएको हो ।