सुनको मूल्य प्रतितोला ६० हजार चार सय, ६ वर्षयताकै महंगो

0

नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा विहीवार भएको कारोबार अनुसार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो ।




अघिल्लो दिन बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन बिहीबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको हो ।

तेजाबी सुनको भाउ पनि बिहीबार उकालो लागेको छ। तेजाबी सुनको भाउ बिहीबार ६० हजार १ सय रूपैयाँ रह्यो । तेजाबी सुन बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकन डलर मजबुत बन्दै गएपछि सुनको भाउ पनि निरन्तर बढेको बताए ।

भारत र नेपाल दुवै देशमा दसैँ र दीपवालीको समयमा सुनको अत्यधिक माग हुने गरेको छ । भारतमा दीवाली भनिने दीपवालीमा भारतमा सुनको खपत अन्य बेलाभन्द झन्डै दोब्बर हुने गरेको छ।




सम्बन्धित
Loading...