रोल्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

0

८ कात्तिक, रोल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका(५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की स्वभावका देखिने सार्कीको तीन छोरा र चार छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र अभियुक्त सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको बताएको छ ।







सम्बन्धित
Loading...