नयाँ अमेरिकी राजदूतः तेस्रोलिंगीका प्रेरणा स्रोत

0

८ कात्तिक, काठमाडौं । अमेरिकाले नेपालका लागि नयाँ राजदूत बनाएर पठाएका र्‍यान्डी डब्लु बेरीले राष्ट्रपति विद्या भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् ।




लामो समयदेखि कूटनीतिक क्षेत्रमा क्रियाशील ५३ वषर्ीय बेरीले सन् २००७ देखि २००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए ।

‘नयाँ भूमिकामा नेपाल फर्किन पाउँदा मलाई ज्यादै खुशी लागेको छ,’ राजदूत बेरीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि भने, ‘नेपाल र अमेरिका बीचको मित्रता थप मजबुत बनाउन म उत्सुक छु ।’


राजदूत बेरी मिनिस्टर काउन्सिलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करिअर सदस्य हुन् । सन् १९९३ देखि कुटनीतिज्ञका रुपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० बर्षभन्दा लामो समय गुजारेका छन् ।

बेरी तेस्रोलिंगी समुदाय एलजीबीटीआई ९लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स० को मानवअधिकार प्रवर्द्धनका लागि पहिलो अमेरिकी दूत हुन् ।
उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले फेबु्रअरी २०१५ मा यो पदमा नियुक्त गरेका थिए । २०१७ सम्म सो पदमा रहे ।

त्यसपछि उनी लोकतन्त्र मानवअधिकार तथा श्रमसम्वन्धी ब्यूरोमा दक्षिण तथा मध्यएसियाका लागि डेपुटी एसिस्टेन्ट सेक्रेटरी बनाइए ।

बेरीले न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका लगायत देशमा काम गरिसकेका छन् । उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

परराष्ट्र सेवामा आउनुअगावै बेरी तेस्रो लिंगीको अधिकारको पक्षमा खुलेका थिए । त्यसबेलासम्म अमेरिकी विदेश मन्त्रालयले तेस्रो लिंगीलाई सेवामा लिँदैनथ्यो ।

विदेश मन्त्रालयमा जागिर खान थालेपछि लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा खुलेर लागे । बेरीले प्रवेश सिंहसँग २०१२ मा बिहे गरेका छन् । प्रवेश श्रीमान र बेरी श्रीमतीको भूमिकामा छन् ।

यद्यपि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो वेबसाइटमा राखेको राजदूत बेरीको जीवनीमा उनलाई पुरुषको पहिचान दिएको छ ।

बेरी र प्रवेशका एक छोरा र एक छोरी छन् । छोरी आर्या ६ वर्षकी भइन् भने छोरा जान्डर ५ वर्षका भए ।

आफ्ना छोराछोरीको विषयमा बेरीले एक अन्तरवार्तामा भनेका थिए, ‘उनीहरु स्ट्रेट पनि हुन सक्छन् र तेस्रो लिंगी पनि हुन सक्छन् । जे भए पनि म उनीहरुलाई खुशी देख्न चाहन्छु ।’

अमेरिकामा सन् २००४ मा पहिलोपटक एउटा राज्यले समलिंगी विवाहलाई वैधता दिएको थियो । सन् २०१५ सम्म आइपुग्दा सबै ५० वटै राज्यमा समलिंगी विवाहले मान्यता पाइसकेको छ ।

अमेरिकी सरकारले यौनिक अल्पसंख्यकहरुको मानव अधिकार र लैङ्गकि समानताको सम्मान गरेको छ । जस्तै( उसले हाल जर्मनीमा कार्यरत अमेरिकी राजदूत तेस्रोलिंगी समुदायबाटै पठाएको छ ।

नेपालको संविधानले पनि यौनिक अल्पसंख्यकहरुको समान अधिकार प्रत्याभूत गरेको छ । त्यसैले हामीले पनि अमेरिकाले लिएको नीतिबाट सिक्ने हो कि रु यस सन्दर्भमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी एउटा सकारात्मक प्रेरणा स्रोत बन्न सक्छन् ।




सम्बन्धित
Loading...