मन्त्री विनामगरलाई अाफ्नै क्षेत्रमा कालो झण्डा देखाए

0

धनन्जय अवस्थी ।।
कञ्चनपुर । प्रथम वेलौरी महोत्सव तथा कृषि पर्यटन व्यापार मेलाको उद्घाटन समारोहमा गएका खानेपानी मन्त्री विना मगरलाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
कार्यक्रमको औपचारिक उद्घाटन दिउँसाे १२ बजे राखेको भए पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाउने तयारी गर्द‌ै भन्ने थाहा पाए पछि मन्त्री मगर कालाेझण्डा देखाउने टाेलीलाई छल्न ४ बजेमात्र कार्यक्रम स्थल गएका थिए ।
मेला शुरू भएकाे क्षेत्र मन्त्री मगरकाे अाफ्नै क्षेत्र हाे ।
उनलाई नेपाली कांग्रेसका कार्यकर्ताले बाटोमा कालो झण्डा देखाएका हुन् । मन्त्री विना मगर लुकी छिपी आउदै गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता ले कालो झण्डा देखाएका छन ।
विना मगर मञ्चमा आए पछि भने काग्रेसको कुनै प्रतिक्रिया थिएन । प्रथम पटक कञ्चनपुरको वेलौरी खुला मञ्चमा प्रथम वेलौरी महोत्सव तथा कृषि पर्यटन व्यापार मेला शुरू भएको छ ।





मेलाकाे मन्त्री विना मगरले उद्घाटन गरेकी छिन्।
स्थानिय कला भाषा संस्कृति, सभ्यता तथा पर्यटकको प्रचारप्रसार स्थानीय खानाका परिकार कृषि प्रदर्शनी प्रचारप्रसारका लागि मेलाको आयोजनामा गरेको मेला आयोजित समितिले जनाएकाे छ।
मेलामा स्थानीय खानाका परिकार, कृषि औजार, अटो, टेक्टर, कपडा, कृषि प्रदर्शन, बैंक, लघु वित्त, फर्म तथा फल-फूल लुगा कपडाका प्रर्दशन गरेका छन ।
वेलौरी उद्योग वाणिज्य संघले सञ्चालन गरेको मेला १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

मेला आयोजित समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रम पुर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरी, पुनर्वास नगरपालिका प्रमुख दिवाना शिह बिष्ट, पुर्व सांसद टिकेन्द्रप्रसाद भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश दत्त जोशी, कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव दिपेन्द्र प्रकाश साउद, कञ्चनपुर जिल्ला प्रहरी प्रमुख कुवेर कठायत , वेलौरी नगरपालिका उप प्रमुख चित्रा कुमारी चौधरी पुनर्वास नगर पालिका उप प्रमुख सारदा बिष्ट वेल्डाडी गाउँपालीका अध्यक्ष धन बहादुर थापा लालझाडी गाउँपालीका अध्यक्ष मदन सिंह कठायत टोका नगर पालिका उप प्रमुख ज्ञान माया डड़गोल लगायत पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधि बैंक तथा सहकारी संस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे। कार्यक्रमको सञ्चालन कृष्ण डड़गोल र कविता बानिया जेरीले गरेका थिए। मेलामा स्थानीयहरुको व्यापक सहभागिता रहेको थियो ।

 





सम्बन्धित
Loading...