मेरो देश युवा र परदेश

0 152







लेखकः प्रितम भुजेल
सदस्य सचिव
युवा तथा साना व्यवसायी स्वरोजगार कोष
जिल्ला संयोजन तथा अनुगमन समिति जिल्ला नवलपरासी
*****************************************************

 

स्वाभिमानी साहसी वीर योद्धाको सन्तति हामी नेपाली देशको मुख्य पेशा कृषि हो भन्दा त्यति धेरै बेइमानी पनि नहोला, अनि सिङ्गो युवा श्रमशक्ति सबै विदेशीको नोकर बनाएर रेमिटेन्सबाट आर्थिक समृद्धि रोज्ने हामीभन्दा खासै फरक नपर्ला ।

भनिन्छ आज आफै पनि करिब ७०/७१ प्रतिशत नेपाली कृषिमा आधारित खेती प्रणाली गरेरै आफ्नो जीवनचर्या गुजारा गरिरहेको छन्। सत्य यो पनि हो कि अथाह: प्राकृतिक स्रोत र साधनले धनी मेरो देश विश्वका कयौँ राष्ट्रहरूभन्दा अगाडि नै रहेको तथ्य हामीमाझ जस्ताको तस्तै छर्लड्ड छ तर पनि यसो भन्दै गर्दा मेरो देशले कृषिमा आधारित यतिका धेरै उत्पादित खाद्यपदार्थ छिमेकी मुलुकहरूबाट खरिद गर्छ भनेर भनिरहँदा आम मान्छेहरूलाई विश्वास नलाग्न सक्छ । तर पनि यो तितो यथार्थ हो र सत्य पनि, सत्य सत्य नै हुन्छ चाहे त्यो दिइएको होस् या त लिइएको किन नहोस्।

आजको दिनसम्म पनि हेर्ने हो भने हाम्रो देश नेपालले छिमेकी मुलुकहरूसँग वार्षिक ४५ अर्वको धान तथा दलहन चिज खरिद गर्छ । त्यस्तै ८ अर्वको तरकारी, १.५ खर्वको मासु, ६ अर्वको फलफूल, २ अर्वको माछा, ५ अर्वको खानेतेल, १ अर्वको चिया, ५ अर्वको पाम आयल ४ अर्वको भट्टमास तेल, १ अर्वको नरिवल तेल, १ अर्वको दुध पाउडर, १.५ अर्वको अदूवा, २.५ अर्वको मरमसला, ८ करोडको कागति, २५ करोडको धनियाँ, ६ अर्वको प्याज, ४ अर्वको स्याउ लगायत अनेकौँ खाद्य वस्तुहरू खरिद गर्छन् । यसका अलावा नेपालको माटोमा उत्पादन हुनै नसक्नेको त कुरै छाडौँ जसको लेखाजोखा गरेर साध्य नै छैन ।

नेपालीहरु विश्वका १ सय १० मुलुकहरुमा जान सक्ने कानुनी व्यवस्था छ। आजका दिनसम्म हर्ने हो भने ७७ वटा मुलुकहरुमा नेपाली जनशक्ति कामदारको रुपमा वैधानिक तवरबाट पुगेको देखिन्छ। यसो भन्दै गर्दा देशमा विद्यमान कुल जनसंख्याको ४७,७७,६३४ जना (पुरष ४५,७१,६८२ जना र महिला १,७१,९१७) युवाश्रमशक्ति सकिनसकी श्रम र पसिनालाई पैसासंज साट्नका निमित्त आफ्नो भरभराउँदो युवा जवानी प्रदेशमा पोख्नका निमित्त नेपाली विमान स्थल भएर जाँदा सम्बन्धित निकाय यो राज्य उदासिन भएर टुलुटुलु हेरिरहेको छ मन्दिरका मूर्तिहरुले जस्तै गरी। यो त श्रम तथा रोजगार मन्त्रालयबाट श्रम स्वीकृति लिएर जानको तथ्यांक न हो, विना श्रम स्वीकृति छिमेकी राष्ट्र भारतको बाटो भएर अनि भारतमै रोजगारी गर्ने कामदार भएर प्रदेशिनेको त लेखाजोखा नै रहेन। जसलाई समेट्ने हो भने करोडभन्दा कम नहोला ।

यस बीचमा देशलाई आत्मनिर्भर गराउने कृषि र पशुपालनबाट समृद्ध बनाउने मिठा नाराहरू फेरिने र बन्ने नयाँ सरकारबाट घोषणा नभएको होइन तर पनि कूल जनसंङ्ख्याको २८.६ प्रतिशत जनता आज पनि गरिवीको रेखामुनि बाच्न बाध्य छन् । कुरा भाषण र नारामा चर्का गरिएको भएता पनि व्यवहारतः अझै पनि लागु हुन सकिरहेको छैन । नेट इन्टरनेटले संसार आज घर आगँन बनिसक्दा पनि अझै पनि मेरो देशका ४५ प्रतिशत आम नेपाली जनताको हकमा वित्तीय पहँुच पुग्न सकेको छैन ।

हरेक युगान्तकारी परिवर्तनका बाहक सबै खाले आन्दोलनका अगुवा अनि हरेक राष्ट्रियता बचाउ र राष्ट्रिय स्वाधीनता जोगाउ संघका हिमायतीको रूपमा बेला बखतमा भनौँ या युग र मुलुकको शासन व्यवस्थाले कोल्टे फेर्ने बेलामा सधै जसो अग्र मोर्चामा पहरेदारी दिने चर्चा परिचर्चामा आइरहने आम जनमानसको जन जिब्रोमा छाइरहने देशका भविष्यका कर्णधार मानिने युवा शक्तिलाई २००७ सालको प्रजातान्त्रिक आन्दोलन या सम्झदा कहाली लाग्ने सङ्घषपूर्ण १० वर्षीय जनयुद्ध होस्, चाहे सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएको निरङ्कुश राजतन्त्र विरुद्धको २०६२/६३ कै जनआन्दोलन किन नहोस् या त सिङ्गो मधेश आन्दोलन त्यस्तै आदिवासी जनजाति आन्दोलन नै किन नहोस् यी हरेक आन्दोलनले यो राज्यमा युगान्तकारी आमूल परिवर्तन त ल्याइदियो नै तर भर्भराउदो युवा शक्तिलाई साउदी अरब, दुवई र कतारजस्ता खाडी मुलुक जानबाट रोक्न सकेन न त युवाहरूका मृत शवहरू बाकसमा सिलबन्दी भएर स्वदेश आउन नै ।

वास्तवमा भन्ने हो भने आन्दोलनको उत्कर्षले देशमा नयाँ व्यवस्था त ल्याइदियो नै तर युवा बेरोजगारका जल्दाबल्दा समस्याका पहाडहरू भत्काएर २० को १९ भने बनाउन सकेन । बरू भरभराउदो युवा श्रमशक्तिलाई विदेशिन बाध्य बनायो । सस्तो दरमा नेपाली श्रम र पसिनालाई सम्झौता गरिदै लगियो चाहे त्यो जुनसुकै तवरबाट किन नहोस्। उपज नवलपरासी जिल्लालाई वैदेशिक रोजगारीमा धेरै जाने देशकै पाँचौ जिल्ला र युवा मरेर लास भित्राउने देशकै तेस्रो जिल्लाको रूपमा कृतिमानी कायम गराउन बाध्य बनायो ।

आज देशमा विद्यमान कूल जनसङ्ख्याको करिब ५६ प्रतिशत घरधुरीका व्यक्तिहरू वैदेसिक रोजगारमा गइरहदा राज्यको ठूलो युवा पङ्क्ति प्रदेशमा अरबका खाडीहरूमा प्लाष्टिक पग्लिएझै पग्लिरहेको छ । राज्यमा कुनै पनि अवसर नदेखेपछि विदेशिएको नेपाली युवा बैदेसिक श्रम बजारकै सबैभन्दा सस्तो दरको श्रमिकको रूपमा सकि नसकी प्रदेशमा टाउकोले पहाड फोरिरहेको छ ।

दक्ष जनशक्ति नहुँदा श्रम बजारमा दक्ष जनशक्ति, नहुँदा प्रदेसमा म्बलनभचगक मषाष्अगति र मष्चतथ घम् खतरा काम गर्न बाध्य छ जसले आज हिडेर गएका सग्ला खुट्टा काटिएर फर्किएको छ, हाँसेर विदाइको हात हल्लाएर गएको एउटा युवा दुवै हात गुमाएर फर्किएको छ, सुन्दर हरियाली र हिमश्रृङ्खला हेरेर रमाउदै गएको एउटा नेपाली युवा दुवै आँखा गुमाएर फर्किएको छ ।

घरगाँउ साहु महाजन र बैंक वित्तीय संस्थाको चर्काे व्याज मेनपावर र कम्पनीको ठगी र क्षमता र दक्षताभन्दा बाहिरको काम सम्झी डिप्प्रेसको सिकार हुन पुगेको एउटा युवा चल्दै गरेको रेलबाट हाम फालेर ज्यान गुमाउँदैछ, घर व्यवहार सम्झिएर काम गर्दै गरेको १०० औं तला बिल्डिड्डबाट फाल आलेर ज्यान गुमाइ रहेछ । त्यत्ति मात्र होइन् आफ्नै रूपमा झुण्डिएर आफ्नो प्राण त्यागिरहेको छ ।

आज यस्तो एउटा घर नहोला जहाँ बैदेशिक रोजगारीले नतर्साएको होस्। आज यस्तै भएको छ। साच्चै सारा गाउँघर युवा बिहिन भएको छ। यहाँ सम्मकी अब मलामीसमेत महिला जानु पर्ने भैं सकेको छ। मुर्दा बोक्ने युवाको अभावमा गाउँ मलामी बिहिन भई सकेको छ, एउटा बृद्धा, आलो सुत्केरी ढाकरमा बोकेर उपचारका लागि सदरमुकामसम्म लैजाने युवाको अभावले दिन प्रतिदिन गाउँ प्रताडित छ। यहाँसम्मकी भकारीमा भएको धाँन, गँहु, मकै, कोदो फापर सम्म घट्टा (मिल) सम्म बोकेर लैदिने युवाको अभावले आज पहाडका सबै डाँडा पाखा उजाड–उजाड बन्दै छ। यो मेरो देशको तितोसत्य कथा हो। विगत डेढ दशक यता यो मेरोे देशमा रेमिटान्स त भित्रियो होला तर रेमिटान्ससँगँगै युवाको सिङ्गो जवानी भरभराउँदो उमेर, रगत र पसिना बदलामा सटिए तापनि सँगसँगै रोग र विकृति पनि उत्तिकै भित्रिएकैछ । गाउँ गाउँ भएन आज गाउँ छाडेर सदरमुकामन झर्नेको लर्को छ, खर, थाक्कलका छान बदलामा टिन र जस्ता फेरिएको छ । जस्ता र टिन फालेर आरसिसी ढलान बनाएको छ । गाउँबाट तराइ, तराइबाट शहर बसाइसराइ गर्ने श्रृङ्खला दिनप्रतिदिन बढ्दो छ, एउटा युवाको कमाइ उत्पादनमा भन्दा खान र लगाउन केन्द्रित गर्दा युवा सधैंसधैं बेरोजगार बन्न बाध्य बनाइएको छ।

कतिपय तपाईहामीलाई विश्वास नलाग्न पनि सक्छ, कानुनतः नेपालीहरु विश्वका १ सय १० मुलुकहरुमा जान सक्ने कानुनी व्यवस्था छ। आजका दिनसम्म हर्ने हो भने ७७ वटा मुलुकहरुमा नेपाली जनशक्ति कामदारको रुपमा वैधानिक तवरबाट पुगेको देखिन्छ। यसो भन्दै गर्दा देशमा विद्यमान कुल जनसंख्याको ४७,७७,६३४ जना (पुरष ४५,७१,६८२ जना र महिला १,७१,९१७) युवाश्रमशक्ति सकिनसकी श्रम र पसिनालाई पैसासंज साट्नका निमित्त आफ्नो भरभराउँदो युवा जवानी प्रदेशमा पोख्नका निमित्त नेपाली विमान स्थल भएर जाँदा सम्बन्धित निकाय यो राज्य उदासिन भएर टुलुटुलु हेरिरहेको छ मन्दिरका मूर्तिहरुले जस्तै गरी। यो त श्रम तथा रोजगार मन्त्रालयबाट श्रम स्वीकृति लिएर जानको तथ्यांक न हो, विना श्रम स्वीकृति छिमेकी राष्ट्र भारतको बाटो भएर अनि भारतमै रोजगारी गर्ने कामदार भएर प्रदेशिनेको त लेखाजोखा नै रहेन। जसलाई समेट्ने हो भने करोडभन्दा कम नहोलो ।

साच्चै आश्चार्य लाग्दो भनौं या उदेक लाग्दो क छ भने, जति पनि प्रदेशिएको नेपाली जनशक्ति छ उक्त जनशक्ति कुल युवा श्रम शक्तिकै करिब ९८ प्रतिशत हुन आउँछ । यसरी युवा श्रम शक्ति मध्यकै ९८ प्रतिशत युवा श्रमशक्ति प्रदेशतिर लाग्दै गर्दा वास्तवमै यो देश आज युवा विहिन हुन पुगेको छ। आज यो देश युवा श्रम शक्ति कै जम्मा २ प्रतिशत युवाहरुबाट जसोतसो चलिरहेको छ, इन्धन विनाको गाडी जस्तै गरी घिमिल घिमिल भएर । वैदेशिक रोजगारीले यो देशमा दिनकै अरबौं बेरोजगारी जिउको तिउ छ आखिर नहोस् पनि कसरी जबकी यो देशमा गर्भबाट जन्मिदाकै दिन एउटा नवजात शिशुले करिब २१,५००।— भन्दा मावि ऋण काँधमा बोकेर जन्मन्छ भने अरु बाँकी जन्मनेहरुको के कुरा ?

एउटा किसानले घाँस काटेर, गोबर फालेर, एउटा ज्यामी भरियाले ठेला धकेलेर, कर्नी चलाएर, बेल्चा उचालेर, हलो जोतेर, खाईनखाई सन्तान पढाएर–लेखाएर ठूलो–ठूलो मान्छे बनाउने अभिलाषा बाकेर मिठो सपनामा बुढ्यौलीपनको कल्पनामा रमाउँदै आफ्ना सन्तानहरुलाई डाक्टर, पाइलट, इन्जिनियर नर्स प्राविधिक, जेटिए, आईटि लगायतको दक्ष जनशक्ति पढाउँदै गर्दा यसरी हरेक बर्ष नेपाली श्रम बजारमा भित्रने करिब ४ लाख ५० हजार युवा श्रमशक्तिलाई जसमध्ये यो देशले खपत गर्ने ३० हजार बाहेकका ३ लाख २० हजार युवा श्रमशक्तिको हविगति दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौं भएर हरेक दिन यो देश छाड्न आतुर १२०० देखि १५०० युवाहरुको भन्दा फरक नहोला। र विदेश खाँडी राष्ट्रको ४५–५० डिग्री सेल्सिएसको तातो घाममा पग्लने नेपाली श्रमशक्तिको पनि चिन्ता दैनिक नेपाल भित्रने ३ देखि ४ वटा लाशहरुको जस्तै नहोला भनेर कसरी सोच्ने ।

You might also like
Loading...