नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः तेस्रो दिनको खेलमा कावासोती र विनयी विजयी

0 68







रामकुमार श्रेष्ठ ।

नवलपरासी, ९ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिगको तेस्रा दिनको खेलमा कावासोती र विनयी त्रिवेणी विजयी भएको छ ।

शुक्रबार भएको पहिलो खेलमा टस जितेर व्याटिङ्ग रोजेको हुप्सेकोट फायर ब्याक, विनयी ट्रेजर्सको अगाडि लामो समय टिक्न सकेन ।
उद्घाटन खेलमा कावासोती मरुन्स विरुद्ध राम्रो खेल्दै पहिलो जित दर्ता गराएको हुप्सेकोट फायर ब्याक विनयी टे«जर्सको अगाडि भने निक्कै कामजोर देखियो ।

यो पनि पढ्नुहोला

नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः दोस्रो दिनको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी

 

हुप्सेकोटले २० ओभरको खेलमा १३ दशमबल २ ओभर खेल्दै जम्मा २८ रन जोडेर अलआउट हुन पुगेको थियो ।
हुप्सेकोट फायर ब्याकले दिएको २९ रनको लक्ष्य विनयी ट्रेजर्सले ४ दशमलब १ ओभरमै १ विकेटको क्षतिमा भेट्याउन पुगेको थियो । विनयीले ३० रन जोड्दै हुप्सेकोटसंग ९ विकेटले विजयी भएको हो ।

पहिलो खेलका ४ ओभर खेलेर १२ रन दिंदै ३ विकेट लिएका हेमन्त क्षेत्री म्यान अफदि म्याच भएका थिए । उनलाई रेफ्री अनिस जिसीले ट्रफी प्रदान गरेका थिए ।

त्यस्तै देवचुली र कावासोतीबीच भएको शुक्रबारको दोस्रो खेलमा कावासोती ९ विकेटले विजयी भएको छ ।
कावासोतीले टस जितेर देवचुलीलाई व्याटिङ्गको निम्तो दिएको थियो । देवचुली स्माचर्सले कावासोती मरुन्स विरुद्धको खेलमा १२ दशमबल ५ ओभरमा सवै विकेट गुमाइ जम्मा ४९ रन जोड्न सफल भएको थियो ।

देवचुली स्माचर्सले दिएको ५० रनको लक्ष्य कावासोती मरुन्सले जम्मा ९ दशमबल १ ओभरमा एक विकेटको क्षतिमा भेट्याएको थियो ।
दोस्रो खेलमा म्यान अफदि म्याच भएका कावासोतीका गौरव भुर्तेललाई जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीका अध्यक्ष कुमार आलेले ट्रफी प्रदान गरेका थिए ।

गौरव भुर्तेलले आफ्नो टिमलाई जिताउनका लागि ४ ओभर खेल्दै १० रन दिएर एक मेडिन सहित ४ विकेट लिएका थिए ।
शनिबारको पहिलो खेल बुंदीकाली स्टार्स र गैडाकोट वारियर्सबीच हुने छ भने दोस्रो खेल बुलिङ्गटार बुल्स र मध्यविन्द च्यालेन्जर्सबीच हुने आयोजक संस्था राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।

प्रतियोगिता राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको हो । प्रतियोगितामा नवलपुर जिल्लामा रहेको ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता लिगको आधारमा खेलाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन् ।

यो पनि पढ्नुहोला

कावासोतीमा आजबाट नवलपुर स्तरीय प्रिमिएर लिग क्रिकेट प्रतियोगिता शुरु:

You might also like
Loading...