अालु व्यापारी हत्याकाण्ड: मृतककाे टाउकाेमा गाेली भेटियाे
परासी, ९ कात्तिक। कात्तिक ५ गते नवलपरासी पश्चीम प्रतापपुर ४ वर्दघाटे पुल नजिकैको बगैचामा मृत अवस्थामा भेटिएका मल्लाह टाउकोमा गोली फेला परेको छ ।
मृतक गणेश मल्लाह रडले हानी हत्या गरिएको अनुगमन गर्दै नजर अन्दाज गर्ने प्रहरीे मृतकको शव पोष्टमार्टमपछि टाउकोमा गोलि भेटिदा प्रहरी विच खैलाबैला मच्चीएको छ ।
घटनालाई समान्य रुपमा लिएकोे प्रहरीले सहनीको पोष्टमार्टममा टाउकोमा गोलि भेटिदा प्रहरीलाई टाउको दुखाईको विषय भएको छ ।
मृतक पाल्हीनन्दन गाउपालिका १ सुनरीका ३६ बर्षिय गणेश मल्लाहको रहेको खुलेको छ । कार्तिक ५ गते राती ९ बजे खेतीपाती हेरेर घर फर्कि रहेको मृतक मल्लाह र पाल्हीनन्दन गाउँपालिका ३ कुश्माका नर्वदेश्वर चौहानलाई उनका व्यपारी साथीहरुले छलफल गर्न घटना स्थल बर्दघाटे पुलमा बोलाएका थिए ।
गोली हानी हत्या गर्ने र मृतक मल्लाह विगत लामो समयदेखि सामुहिक रुपमा विभिन्न सर–सामानको व्यपार गर्दै आएका थिए । पैसाकै लेनदेनले मृतक मल्लाह लाई उनका सथाीहरुले गोली हानी हत्या गरेको पिडित पक्षको आरोप छ ।
घटना स्थलमा प्रहरीले लाससंगै एक थान मोटरसाईकल र एक थान लागु औषध र मृतकको मोबाईल भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसंधानबाट मृतक मल्लाहको टाउकोमा चोट देखिदा टाउकोमा रडले प्रहार गरि हत्या गरेको प्रहरीको अनुमान रहेको थियो तर पोष्टमार्टमले टाउको गोली भेटिएपछि घटना प्रहरीको लागि थप जटिल बनेको छ ।
यसरी सिमा क्षेत्रमा सानो हतियारको विगविगी बढदै हत्याका घटना समेत बढिरहदा भने प्रहरी प्रशासन भने मौन बसेको पिडित परिवारले आरोप लगाएका छन ।
यसैविच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाल्हीनन्दन ३ कुश्मा बस्ने ३६ बर्षिय नर्वदेश्वर चौहान, सोही ठाँउ बस्ने ३० बर्षिय ओमकार पाण्डे र सुस्ता गाउपालिका ४ बस्ने ३४ बर्षिय जनक गुरुङँलाई पक्राउ गरि म्याद थप गरि अनुसंधान गरिरहेको जनाएको छ ।