साधना सङ्गमको ३५ औँ श्रृखला ज्ञानोदयमा

0 59







अर्जुन अविरल ।।
कावासोती, १० कात्तिक । साधना सङ्गमको मासिक कार्यक्रम अन्तरगत शनिबार ज्ञानोदय मा.वि. कावासोतीमा ३५ औँ श्रृंखला भएको छ ।
संस्थाको अध्यक्ष अर्जुन अविरलको अध्यक्षता, साहित्यकार सदानन्द अभागीको प्रमुख आतिथ्यता, समालोचकद्वय धनपति कोइराला र कृष्णदेवि शर्मा श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यसैगरी कार्यक्रममा जीवन युगीन, सरोज उजाड, विक्रम .ढकाल, सितादेवि पौडेल, श्रृषा शाही, वेदप्रसाद ढकाल, एकनाराण चापागाई, बलराम सुवेदी, टिकादेवि पोख्रेल लगायत २० जना स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । प्रत्येक महिनाको पहिलो शनिबार हुने कार्यक्रममा यस महिनाको पहिलो शनिबार टिकाको भोलि पल्ट परेकाले दोस्रो शनिबार गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाको सचिव संजय भर्टराइले गरेका थिए।

  

You might also like
Loading...