नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः चौथो दिनको खेलमा बुलिङ्गटार र बौदीकाली विजयी

0

शोभा जिसी ।
नवलपरासी, १० कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिगको चौथो दिनको खेलमा बुलिङ्गटार र बौदीकाली विजयी भएको छ ।
शनिबार भएको पहिलो खेलमा मध्यविन्दु च्यालेन्जर्सले टस जितेर फिल्डिङ्ग राजेको थियो । ब्याटिङ्गको निम्तो पाएर मैदानमा उत्रिएको बुलिङ्गटार बुल्स २६ रनले विजयी भएको हो ।
बुलिङ्गटार बुल्सले २० ओभरको खेलमा १८ दशमलब ४ ओभरमा १० विकेट गुमाउँदै ९९ रन जोडेको थियो ।
एक सय रनको लक्ष्य पछ्याउने क्रममा मध्यविन्दु च्यालेन्जर्सले २० ओभरको पुरै खेल खेलेर ९ विकेट गुमाउँदै ७३ रन मात्र जोड्न सकेको थियो ।
पहिलो खेलमा ४ ओभर खेलर ८ रन दिदै ४ विकेट लिएका र ३२ रन लिएका बुलिङ्गटारका सुजन पोख्रेल म्यान अफदि म्याच भएका थिए ।
त्यस्तै शनिबारको दोस्रो खेलमा बौदीकाली स्टार्स २५ रनले विजयी भएको छ । गैडाकोट वारियर्सले टस जितेर बौदीकाली स्टार्सलाई ब्याटिङ्गको निम्तो दिएको थियो ।
बौदीकालीले १३ दशमलब २ ओभरमा पुरै विकेट गुमाएर ६७ रन जोडेको थियो । ६८ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको गैडाकोट वारियर्सले १४ ओभरमा सबै विकेट




गुमाउँदै जम्मा ४२ रन जोडेको थियो ।
त्यसैगरी दोस्रो खेलमा आफ्नो टिमलाई जिताउन २१ रन र एक विकेट लिएका बौदीकालीका खेलाडी जितेन्द्र शाही म्याद अफदि म्याच भएका थिए ।
आइतबार कावासोती मरुन्स र विनयी ट्रेजर्सबीच पहिलो खेल र हुप्सेकोट फायर ब्याक र देवचुली स्माचर्सबीच दोस्रो खेल हुने आयोजक संस्था राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।




प्रतियोगिता राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको हो । प्रतियोगितामा नवलपुर जिल्लामा रहेको ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता लिगको आधारमा खेलाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन् ।




सम्बन्धित
Loading...