सुनवल  वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म

0 50







सुनवल १० कात्तिक ।
सुनवल नगरपालिका वडा नं १ मा अवस्थित बर्थिगं सेन्टरमा आज पहिलो बच्चाको जन्म भएको छ । सुनवल ४ बेलारि निवासी बिद्या थापाले बर्थिगं सेन्टरमा पहिलो बच्चाको रुपमा छोरा जन्माउनुभएको हो । सो अवसरमा सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा र उपप्रमुख दधिराम अर्यालले बर्थिंग सेन्टरमा पहिलो जन्मेको बच्चालाई पोषण बापत नेपाल सरकारले दिने गरेको सुत्केरि भत्ता बाहेक रु पाच हजार संयुक्त रुपमा बिद्या थापालाई प्रदान गर्नुभएको छ ।
यस्तै सोे अवसरमा बच्चाको जन्मदर्ता प्रमाण पत्र र नेपाल सरकारले दिने गरेको सुत्केरि भत्ता स्वास्थ्यशाखा प्रमुख चुरामणि नेपालले  प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा बर्थिगं सेन्टर इन्चार्ज लक्ष्मि ज्ञवालिले आमा र बच्चा दुवै स्वस्थ रहेको जानकारि गराउनुभएको थियो। निशुल्क एम्बुलेन्स सेवा द्धारा उहालाई आफ्नै निवास सुनवल ४ बेलारि पठाई सकिएको जानकारि गराउनुभएको छ ।

You might also like
Loading...