मध्यवर्ती हरीयाली युवा क्लबमा राजेश पोख्रेल

0 58







कावासोती, १० कात्तिक । मध्यवर्ती हरीयाली युवा क्लब कावासोति १५ को प्रथम अधिवेशन तथा प्रारम्भीक साधारण सभा शनिबार भएको छ ।
सस्थाका अध्यक्ष डासीराम बस्यालको अध्य्रक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नवदुर्गा अध्यात्मीक प्रतिष्ठानका अध्यक्ष बोधराज गैह्रेले अधिवेशनको उद्घाटन गरेका थिए ।
त्यसैगरी विकु हिमकीरण सेवा केन्द्रका सयोजक नन्द किशोर आचार्य, सरस्वती मावि इन्चार्ज डिल्लीराम न्यौपाने, समाज सेवि खोम नारायण गौडेल, लिला वल्लभ गौडेल, दिपक खत्रि, सागर गैरे, नमिन्द्र प्रसाद पाण्डे लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नवदुर्गा अध्यात्मीक प्रतिष्ठानका अध्यक्ष बोधराज गैरेले सस्थाले इमान्दारिता, पारदर्शिताका साथ अगाडी बढनुपर्ने बताउँदै समाजलाइ परिवर्तनको लागि यस सस्थाको अहम भूमिका रहनेमा जोड दिए ।
यसैगरी कार्यक्रममा बोल्नुहुदै नन्द किशोर आचार्यले सस्थाको गरीमा बढाउनको लागी क्लबको लोगो अकीत २० थान टि सर्ट प्रदान गर्ने जनाए ।
कार्यक्रममा अध्यक्ष डासीराम बस्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव दुर्गा बस्यालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
अधिवेशनले राजेश पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समीति सर्वसम्मत रुपले चयन गरेको छ । जसको उपाध्यक्षामा प्रदीप बस्याल, सचिवमा चन्द्र प्रकाश गौडेल, कोषाध्यक्षमा सावित गैह्रे सह सचिवमा स्वस्तीका सापकोटा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा नवराज गौडेल, शिशिर आचार्य, लक्ष्मी गौडेल, अम्बीका भट्टराइ, सरस्वती खराल तथा राधिका सापकोटा चयन भएका छन् ।

You might also like
Loading...