१ लाख ८५ हजारको कालो मरिच र केराउ बरामद
ध्रुवनारायण बानियाँ ।।
नवलपरासी (महेषपुर), १५ कात्तिक ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं. २ को झरहीखोलाबाट प्रहरीले एक लाख ८५ हजार बराबरको कालो मरिच र केराउ बरामद गरेको छ ।
विहीबार बिहान ५ बजेतिर नेपालबाट खेतको बाटो प्रयोग गरी टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको अवस्थामा कालोमरिच २ सय किलो र मटर (केराउ) ७५ किलो गरी १ लाख ८५ हजार बराबरको समान बरामद गरेको हो ।
सशस्त्रका प्रहरी निरीक्षक राजकुमार अधिकारीका अनुसार बरामद सामग्री महेशपुर भन्सार कार्यालय महेशपुरमा पठाइएको छ ।