सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय सेवाग्राही मुखी वार्ड बन्दै

0 96







श्याम थापा ।। नवलपरासी १५ कार्तिक ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय सेवाग्राही मुखी बन्दै गइरहेको छ ।
सुस्ता गाउँपालिका वार्ड न २ को कार्यालयले आज एक कार्यक्रम गरि पशु पालन कृषकहरुको मध्ये नजर गर्दै कृषक कार्यालयमा होइन,कार्यालय नै कृषकको घरमा भन्दै मुल नाराका साथ पशु पालन कृषक हरुलाई लगबुक अर्थात अभिलेख रजिस्टर वितरण गरेको छ ।
पशुपालन कृषक हरुले आफ्नो समस्याहरु लिएर पटकपटक वडा कार्यालयमा आएर गुनासो पोख्ने र सुस्ता गाउँपालिकाको वार्ड न २ मा अत्याधिक पशुपालन गर्ने वार्ड नै भएको कारणले गर्दा साथै पशुपालन कृषकहरुलाई सहज र सरल रूपमा पशु सेवा प्रदान गर्ने उद्देश्यले कृषक कार्यालयमा होइन,कार्यालय नै कृषकको घरमा भनेर कृषकहरुलाई लगबुक वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाले बताउनु भयो । सुस्ता गाउँपालिकाको सभा हलमा भएको कृषक भेला तथा लगबुक वितरण कार्यक्रमका अध्यक्ष सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ८ वटा दर्ता भएको पशु फर्मका कृषकहरुलाई लगबुक वितरण गरिएको हो ।
सुस्ता गाउँपालिका वार्ड न २ मा २४ जना पशुपालन कृषक रहेको र त्यसमध्ये मा ८ जना कृषकहरुले पशुपालन फर्मलाई गाउँपालिकामा दर्ता गरेका छन ।
साथै सोही कार्यक्रमको अवसरमा सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष मुखियाले कार्यालयलाई सेवाग्राही मुखी बनाउनको लागि एक घर एक पशु प्राबिधिक सेवा,एक घर एक फलफूलको बोट,जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य परिक्षण र घर घरमा समाजिक सुरक्षा भत्ता लगाएतका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नु भएको छ ।
सो कार्यक्रममा पत्रकार श्याम थापा,वार्ड न १ का अध्यक्ष अशोक कुमार चौधरी,वार्ड न ३ का वडा अध्यक्ष राजकुमार महतो,वार्ड न ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग,वार्ड न ५ का वडा अध्यक्ष प्रभु नाथ यादव,पशु प्राबिधिक मिलन गौतम,सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे लगायतका बक्ताहरुले कृषकहरुलाई उत्प्रेरित गराउनका लागि यस्तो कार्यक्रमलाई निरंतरता दिनु पर्ने बक्ताहरुको जोड थियो ।

You might also like
Loading...