सामुदायिक वनको ध्याकर्षण

0 39







कावासोती, १६ कात्तिक । कावासोती–१ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहमा केही दिन अघि देखि लागेको ताल खोल्न पहल गर्नको निम्ती सामुदायिक वनले सरोकारवालाहरुलाई ध्याकर्षण गराएको छ ।

सामुदायिक वनका केही उपभोक्ताहरुले सुचना टाँस गरेर कार्यालयमा तालाबन्दि गर्दा अन्य उपभोक्ताहरु मर्कामा परेको भन्दै तालाबन्दी खोल्नको लागि आवश्यक पहल गर्नको लागि सरोकारवालाहरुलाई आग्रह गरेका हुन् । कात्तिक १२ गते संस्थाको आर्थिक पारदर्शिता लगायतको माग राख्दै खगेश्वर भुसाल, अम सिंह बि.क. भिम बहादुर अधिकारी, कमान सिंह सुस्लिङ्ग, चुरामणी चापागाईं, डोलराज गैरे, अमर बहादुर वि.क. समेतको हस्ताक्षर रहेको सुचना टाँस गर्दै कार्यालयमा तालबन्दी गरिएको छ ।

यता समुहका अध्यक्ष कविराम भण्डारीले भने सामुदायिक वनको हाल आर्थिक वर्षमा कार्ययोजनाको मिति समाप्त भई कार्ययोजना नविकरण गर्नुपर्ने अति आवश्यकीय समयमा तालबन्दी गर्दा सामुदायिक वन सञ्चालन मै दिर्घकालिन असर पर्ने खतरा रहेको बताउनु भयो । आगामी साधारण सभामा असन्तुष्टीहरुलाई सम्बोधन गर्न र मागको बिषयमा छलफल गर्न कार्यसमिति तयार रहेको अवस्थामा तालाबन्दी हुन दुखःद भएको उहाँको भनाई छ । सा.व.को आर्थिक लेखा अडिट प्रतिवेदन तयार गर्नुपर्ने तथा उपभोक्ताहरुको अति आवश्यकीय वार्षिक रुपमा संकलन गर्नु पर्ने वन पैदवार संलकनको लागि माग फारम भर्ने काम समेतमा असर पर्ने हुदा सामुदायिक वनको कार्यालयमा लगयाएको ताला खोल्दै कार्यलयमा सहजता र उपभोक्ताको हक अधिकार सुरक्षा गरी पाउनको निम्ति आवश्यक पहल कदमीको निम्ती सरोकारवाला निकायमा सामुदायिक वनले आग्रह गरेको छ ।

You might also like
Loading...