नवलपुर प्रिमियर लिगको उपाधि बुलिङ्गटार बुल्सलाई

0 81







रामकुमार श्रेष्ठ ।।
कावासोती, १६ कात्तिक ।


नवलपुरको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानामा भएको नवलपुर प्रिमियर लिगको उपाधि बुलिङ्गटारले जितेको छ ।
शुक्रबार भएको बौदीकाली स्टार्स र बुलिङ्गटार बुल्सबीच भएको खेलमा २० रनले बुलिङ्गटार बुल्स विजयी भएको हो ।
बुलिङ्गटारले टस जितेर ब्याटिङ्ग राजेको थियो । बुलिङ्गटार बुल्सले १८ दशमलब १ ओभर खेल्दै १० विकेटको क्षतिमा ८२ रन जोडेको आयोजक संस्था राइजिङ्ग स्टार क्लबका सचिव कमल पौडेलले बताए ।


८३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बौदीकाली स्टार्सले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा ६२ रन मात्र जोड्न सकेको थियो ।
राइजिङ्ग स्टार क्लबको आयोजनामा भएको प्रतियोगितामा उपाधि कब्जासँगै बुलिङ्गटार बुल्सले ६० हजार नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको बौदीकाली स्टार्सले ४० हजारमा जित्त बुझाएको छ ।
प्रतियोगिताको समापन कार्यक्रम राइजिङ्ग स्टार क्लबका अध्यक्ष तिलबहादुर जिसीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया, कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले विजयी टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै प्रतियागिता भरका म्याद अफ दि सिरिज बौदीकालीका सन्तोष डुम्रे भएका छन्। उनले प्रतियोगिता भर ६८ रन लिएका थिए भने ११ विकेट लिएका थिए । उनले एक हजार पाँच सय नगद पुरस्कार समेत पाएका छन् ।

त्यस्तै उत्कृष्ट ब्याट्स म्यान हुप्सकोटका हिमांशु शाही, बेष्ट बलर बुलिङ्गटार अर्जुन गिरी, इमजिङ्ग प्लेर अवार्ड गैडाकोटका प्रकाश गिरीले पाएका छन् । यिनीहरु सबैले नगद एक हजार सहितका पुरस्कारहरु हात पारेका छन् ।
प्रतियोगितामा नवलपुरका ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको थियो ।

You might also like
Loading...