बर्दघाटमा घरेलु मदिरा बरामद गरी नष्ट

0 43







बर्दघाट, १६ कात्तिक ।
पश्चिम नवलपरासीको बर्दघाट प्रहरीले शुक्रबार घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
तिहार, छठ पर्व लगायतलाई लक्षित गरि विभिन्न गाउँ टोलहरुमा मदिरा उत्पादन गरी शहर बजारमा विक्री वितरण ल्याउने क्रममा इलाका प्रहरी कार्यालय बर्दघाटले शुक्रबार घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बर्दघाट नगरपालिकाको वडा नम्बर २ आमबासमा उत्पादन गरि बर्दघाट बजारतर्फ ल्याउदै गरेको अवस्थामा बर्दघाटको फलफुल चोकबाट प्रहरीको टोलीले २ सय ५० लिटर घरेलु मदिरा निन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख बुद्धि सागर पुरीले जानकारी दिए ।

You might also like
Loading...