बट्कुही वाचन बन्जरिया साहित्यिक कार्यक्रम

7 58







कञ्चनपुर, १७ कात्तिक ।

बट्कुही वाचन बिशेष बन्जरिया साहित्यिक कार्यक्रम–२०७५ भएको छ । कञ्चनपुरको कृष्णपुर न.पा. ६, बन्जरिया, कञ्चनपुर बन्जरिया कृषक बचत संस्थाको भवनमा कार्यक्रम भएको हो ।
हरचाली त्रैमासिक तथा सुमिरन पत्रिकाको र बन्जरिया गाउँ समाजको संयुक्त आयोजना कार्यक्रम गरिएको बन्जरिया गाउँ समाजको अगुवा सन्तराम थारुले बताए ।
बन्जरिया साहित्यिक कार्यक्रमका थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारुले कार्यक्रममा मैन बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले थारु कला, संस्कृति र साहित्यलाई संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेकोमा जोड दिँदै साहित्य समाजको ऐना भएको हुनाले शहरमा मात्रै नभएर गाउँगाउँमा पनि यस्तो साहित्यिक कार्यक्रम गरेर नवसाहित्यकार जन्माउनु आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार छविलाल कोपिलाले देशैभरबाट उपस्थिति जनाएका साहित्यकारहरूको रचना वाचनको समिक्षा गरेका थिए ।
उनले थारु समुदायको अस्तित्व लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अबका पुस्ताले साहित्यलाई मध्यनजर गरेर समाजमा लुकेर रहेको प्रतिभाको सदुपयोग गरेर थारु समुदाय मात्र नभएर समग्र देशको विकासमा साहित्यले टेवा पुर्याउनु पर्नेमा जोड दिए ।
त्यसैगरी बन्जरिया गाउँ समाजका मुखिया (बरघरर भलमंसा) तथा कार्यक्रम संयोजकसन्तराम थारुले आफ्नो गाउँको नाम बन्जरिया हुनुको इतिहास बताउँदै गर्व गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा महाकाली सामुदायिक वन उपभोक्त समूहको अध्यक्ष वीर बहादुर थारु, रेडियो नेपालका संवाददाता बिन्तीराम महतो, समाजसेवी मोहन प्रसाद चौधरी, बुद्धिजीवी ईश्वरी थारु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम जीत बहादुर थारुको स्वागत मन्तव्य र सागर कुस्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्कने गरी विभिन्न प्रस्तुतिहरु पनि राखिएको थियो ।

You might also like
Loading...