बिरगंज युथ एकेडेमी बिजयी

0 186







कावासोती, १७ कात्तिक ।
नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा बिरगंज युथ एकेडेमी बिजयी भएको छ ।
ट्राईब्रेकरमा कास्की ११ पोखरालाई ३-१गोल अन्तरले पराजित गर्दै बिरगंज बिजयी भएको हो । निर्धा्रित ९० मिनेटको समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
पेनाल्टी शुटाउटमा बिरगन्जका ३ खेलाडीले गोल गर्दा कास्किका एक खेलाडीले मात्र गोल गरे भने दुई खेलाडीको प्रहार बाहिरिदा एक खेलाडीको प्रहार बिरगंजका गोल रक्षकले रोक्न सफल भए । भोलिको खेल च्यासल युथ क्लब र ब्वाईज युनियन क्लब भिड्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत १९ गते नेपाल पुलिस क्लव र सी. एम. जी. संकटा भिड्नेछन् । यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ । खेलको आधिकारीक मिडिया पार्टनर रेडियो सामथ्र्य रहेको छ।

You might also like
Loading...