आजको राशिफल २०७५ कार्तिक १९ गते

0 38







तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
२०७५ कार्तिक १९ गते
मेष
व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला ।
वृष
कार्य सम्पादनमा कठिनाई हुनेछ । धैर्यता र लगनशिलताको खाचो देखिन्छ ।
मिथुन
मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।
कर्कट
लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास गर्दा धोका हुनसक्छ ।
सिंह
दुविधामा नपरि कार्य क्षेत्रमा अगाडि बढ्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन ।
कन्या
व्यापार सोचे जस्तो लाभ हुने छैन तर जीवन साथिको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ ।
तुला
विवादित काममा हात नहाल्नु होला । भय आतुरमा गरेका कामले पछि पिरोल्न सक्छ ।
वृश्चिक
पारिवारिक समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न ।
धनु
उपलब्धिका दृष्टिबाट दिन राम्रै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् ।
मकर
आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ ।
कुम्भ
वैदेशिक एवं शैक्षिक मार्ग सफल देखिन्छन् ।काममा विरोधीको बक्रदृष्टि पर्नेछ ।
मीन
खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला । परिश्रमको फल मिल्नेछ ।

You might also like
Loading...