मोदी पाँचौंपटक नेपाल आउँदै

0 26







काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचौंपटक नेपाल भ्रमण गर्ने भएका छन् । मोदीले मंसिरमा नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि उनले प्रधानमन्त्रीका रूपमा २०७१ सालपछि चारपटक नेपाल भ्रमण गरेका छन् । मोदीले २६ मंसिरमा नेपाल भ्रमण गर्न तयारी गरिएको बताइएको छ ।

मोदी यसपटकको भ्रमणमा रेलमार्ग र विराटनगरको एकीकृत जाँच बिन्दु (आईसीपी) को उद्घाटन हुनेछ । यसपटकको भ्रमणमा पनि मोदीले धार्मिक तीर्थस्थल पुग्ने कार्यक्रम रहेको छ । रेलमार्ग र आईसीपीको भने प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।

मोदी भ्रमणका समयमा जनकपुर–जयनगर रेलखण्डको उद्घाटन हुनेछ । ड्रिम प्रोजेक्टका रूपमा रहेको आईसीपीको समेत उद्घाटन गर्ने कर्यक्रम छ । आईसीपी निर्माणका लागि ३७३ करोड भारतीय रुपैयाँ लाग्ने बताइएको छ । नेपालले यसका लागि १२९ बिघा जमिन उपलब्ध गराएको छ । सो क्षेत्रमा पनि रेलमार्ग सञ्चालन हुनेछ । त्यसको काम भइसकेको बताइएको छ ।

मोदीले यसपटक लुम्बिनीको समेत भ्रमण गर्ने बताइएको छ । मोदी यस वर्ष मात्र तेस्रोपटक नेपाल आउन लागेका हुन् । यसअघि १४ र १५ भदौमा उनी काठमाडौं आएका थिए । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयासको शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए । त्यसअघि वैशाखको अन्तिम साता धार्मिक भ्रमणमा नेपाल आएका मोदीले जनकपुर मुक्तिनाथको भ्रमण गरेका थिए ।

२०७१ सालमा प्रधानमन्त्री भएपछि उनी पहिलोपटक नेपाल आएका थिए । सोही वर्ष सार्कको १८औं शिखर सम्मेलनमा भाग दिन उनी दोस्रोपटक नेपाल आएका थिए ।

You might also like
Loading...