सूचना माग्दैमा छ वर्ष बित्यो

0 32







गोपी ज्ञवाली
परासी, १८ कात्तिक ।

नवलपरासी सदरमुकाम परासीका शिक्षक परमेश्वर धरिकारले एउटा विद्यालयबाट सूचना पाउ भन्दै सूचना माग्दा माग्दै छ वर्ष बिताएका छन् । संविधानले सूचनाको हकको ग्यारेन्टी गरेको भए पनि शिक्षक धरिकारले सूचनाको माग गर्दा गर्दै छ वर्ष वितेको तर अहिलेसम्म पनि सूचना आफुले नपाएको बताएका छन् ।
संविधानमा सुचनाको हक २०६४ उपदफा ३ बमोजिम नगरिकलाई सुचनाको हक प्रदान गरिएको भनिएको भए पनि नवलपरासी पाल्हीनन्दन गाउपालिका कुश्माका एक शिक्षकले पछिल्लो छ वर्ष देखि सुचना पाउनका लागि संघर्ष गर्दै आउनु भएको पार्ईएको छ ।
रामग्राम नगरपालिका वार्ड नम्बर ९ घर भई हरपुर गाविस स्थित सनराईज ईंगलिस बोर्डिङ स्कुलमा पढाउदै आउनु भएका शिक्षक परमेश्वर धरिकारले जिल्लाको सदरमुकाम स्थित जनता निम्न माध्यमिक विद्यालयबाट सूचना पाउनका लागि लिखित निवेदन दिएको छ वर्ष भई सक्दा पनि सूचना पाउन नसकेको बताएका छन् । सदरमुकाम स्थित जनता निम्न माध्यमिक विद्यालयबाट विद्यालयमा २०६९ सालमा शिक्षकको आवश्यकता सम्बन्धि लिईएको परिक्षामा सहभागी उम्मेदवारहरुको नामावली, शैक्षिक प्रमाणपत्र, अध्यापन अनुमति पत्र भए नभएको विवरण, शिक्षा ऐन नियमावली बमोजिम विज्ञापन गरिएको सूचनाको प्रतिलिपि माग गरेको छ वर्ष विति सक्दा पनि विद्यालयले सूचना नदिएको परमेश्वर धरिकारले बताए ।
सूचनाको हक सम्बन्धि अधिकारको प्रयोग गर्दै धरिकारले २०६९ साल जेठदेखि सम्बन्धित विद्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुदै सूचना आयोगलाई समेत दर्जनौं पटक पत्राचार गरेको भए पनि धरीकारले अहिलेसम्म सूचना पाउन नसकेको दाउन्नेलाई बताए।
विद्यालयले आपूूmलाई सूचना माग्दा विद्यालयले सूचनाको हकबाट बञ्चित गराए पछि सूचना माग गर्दै धरिकारले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सूचना आयोग लगायतका कार्यालयहरुमा निवेदन दिएको भए पनि पछिल्लो छ वर्षदेखि सूचनाको हकबाट बन्चित हँुदै आएको सञ्चारकर्मीलाई बताउनु भयो ।
२०६६ साल चैतमा जिल्ला सदरमुकाम परासी स्थित जनता निम्न माध्यामिक विद्यालय जोगबनीले शिक्षकको आवश्यक सम्बन्धि एक सूचना प्रकाशित गरहेको थियो ।
धरिकारद्वारा सूचना उपलब्ध गराई पाउँ भनी जिल्ला शिक्षा कार्यालयलाई निवेदन दिए पछि जिल्ला शिक्षा कार्यालयले सूचना उपलब्ध गराउन भन्दै विद्यालयलाई पटक पटक पत्राचार गरेको थियो । पटक पटक जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई निर्देशन पत्र लेखी सक्दा पनि विद्यालयले सूचना उपलब्ध नगराए पछि सूचनाको हक दिलाई दिनुहुन भन्दै धरिकारले सूचना आयोगलाई पत्र लेख्नु भएको थियो ।
धरिकारको पत्रका आधारमा सूचना आयोगले सूचना पाउने अधिकार कार्यान्वयन गराउन भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई निर्देशन पत्र समेत लेखी सक्दा समेत विद्यालयले धरिकारलाई सूचना उपलब्ध नगराएको पाईएको छ ।
सूचना मागका सम्बन्धमा विद्यालय व्यवस्थापन समितिले अदालतको आदेश विना सूचना मागकर्ता धरिकारलाई विद्यालयले कुनै पनि सूचना नदिने निर्णय गरेको हुनाले अहिले कुनै पनि सूचना नदिएको जनता निम्न माध्यमिक विद्यालयका प्रधानाचार्य अश्विनी कुमार पाठकले बताए ।

You might also like
Loading...