बैंकमा लाइनमा बसेर भत्ता बुझ्दा समस्या

0 18







नवलपरासी (बर्दघाट), १९ कात्तिक ।
जेष्ठ नागरिकहरुले बैंकमा लाईन लागेर भत्ता बुझ्नका लागि आफुहरुलाई अफ्ठेरो भएको गुनासो गरेका छन् ।
बर्दघाट नगरपालिका भित्रका जेष्ठ नागरिकहरुले एनआईसि एसिया बैंक मार्फत भत्ता बुझ्नका लागि असहज भएको बताएका हुन । भत्ता बुझ्नका लागि बैंकमा गएका जेष्ठ नागरिकहरु भर्याङ्ग देखि नै लाईनमा बस्न बाध्य हुने गरेका छन् ।
जेष्ठ नागरिकहरुले साँघुरो सिढीमा घन्टौंसम्म लाईन बस्न बाध्य हुने परेको गुनासो समेत गरेका छन् ।
बृद्धबृद्धाका लागि केहि ब्यबस्थीत गरेर लाईनमा बस्नु नपर्ने व्यवस्था मिलाईदिन पनि उनीहरुले आग्रह गरेका छन् ।
उनीहरुले जनप्रतिनिधिले समेत ख्याल गरेर समस्या समाधानका लागि पहल गरिदिनुपर्ने बताएका छन् । त्यसैत बृद्ध बृद्धाहरु उभिनका लागि लौरोको साहरा लिईरहेका हुन्छन् त्यसैमाथी घण्टौं सम्म लाईनमा साघुरो भर्याङमा बस्नुपर्ने अवस्था आएपछि सम्न्धीत निकायको ध्यान जानु जरुरी देखिएको छ । पछिल्लो समय संघ संस्था हरु अपाङ्ग मैत्री र जेष्ठ नागरिक मैत्री समेत बनाउनुपर्ने आवाज उठीरहेका बेला बैंकहरुले पनि अपाङ्ग र जेष्ठ नागरिहरुको सहज हुने गरी कार्यालय संचालनमा ध्यान दिनुपर्ने सरोकारहरुवालाको भनाई छ ।

You might also like
Loading...