बहुसंस्कृतियुक्त तिहार

0 146







लेखक: धनपति कोइराला, साधना कुञ्ज, कावासोती

शरद ऋतु अन्तर्गत कार्तिक कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, आमावास्या, कार्तिककै शुक्लपक्षको प्रतिपदा र द्वितीया तिथिका पाँच दिन भन्नु नै हामी नेपालीकातिहार हुन्। हिन्दु मिथकले यी पाँच दिनलाई यम र यमुनासँग जोडेको छ । यस आधारमा पनि यी पाँच दिन यमपञ्चकका नाउँले सम्बोधित हुनेगरेका छन् । यमुनाले सधैं कामले थकित रहने गरेका आफ्ना दाजु यमराजलाई आफ्ना घरमा निमन्त्रणा गरी पाँच दिनसम्म भव्य सम्मानका साथ राखिन् । उनको सत्कार र सेवाबाट प्रशन्न भएका यमराजले जसले हरेक वर्षका यी पाँच दिनसम्म खुशियालीका साथ चाड पर्व मनाउँछ र भाइपूजा गर्दछ भने उनीहरुलाई यमभय हुनेछैन भनी आशीर्वचन दिएको शास्त्रीय कथन छ। यसपछि यमपञ्चक मनाउने परम्परा आरम्भ भएको पाइन्छ ।

पहिलो दिन कागतिहार र दोस्रो दिन कुकुरतिहार पर्दछन्। तेस्रो दिनगाईतिहार पर्दछ। यसै दिनको सन्ध्याकालीन प्रहरमा धनधान्यकी अधिष्ठात्री महालक्ष्मीको विशेष पूजा पनि हुन्छ। चौथो दिन गोरुतिहार पर्दछ । यसै दिन गोबद्र्धनको पनि पूजा हुन्छ । पाँचौँ दिन अर्थात् अन्तिम दिन भाइतिहार पर्दछ । धार्मिक, साँस्कृतिक, प्रकृतिपूजा, लोक व्यवहार, बहुसंस्कृतिको मिलन, बहुपर्व आदि हरेक दृष्टिले यसका धेरै विशेषता छन् ।
काग तिहारको दिन स्वादिष्ठ मिष्ठान्न, फलफूल र अक्षता सहित कागलाई घरआँगनमा बोलाएर खुवाउने प्रचलन छ। कुकुर तिहारका दिन चाहिँ फूलमाला र अक्षताले अर्चना गरी मिष्ठान्न खुवाएर कुकुरको पूजा गरिन्छ । स्कन्द पुराणको वैष्णव खण्डको कार्तिक महात्म्य अनुसार यी दुई यमदूतको पूजा अर्चना गर्नाले यमराजबाट भय हुँदैन । यसै चतुर्दशीका दिन उषाकालमा नदी तलाउमा गई दीप प्रज्वलन गर्ने प्रचलन छ। यसबाट अटल सौभाग्य प्राप्त हुने शास्त्रीय कथन छ । साथै उषाकालीन प्रहरमा मासको सिङ्गो बोट आफैंले शिरमा घुमाउँदै शिरको पूजा गर्ने प्रचलन पनि छ ।
अमावास्याका दिन विहान गाईलाई मन पर्ने मिष्ठान्न, पूmलमाला, अक्षता, धूपदीप नैवेद्य आदि पूजाअर्चनाका सामग्री तयार पारी गाईको अग्रभागमा शङ्खचक्रको प्रतिमा बनाई तिनको विस्तृत पूजा अर्चना गर्ने र नैवेद्यादि खुवाउने शास्त्रीय विधान छ। त्यसै दिन सन्ध्याकालीन प्रहरमा बाटो घरआँगन, चोटा कोठाहरुको सरसफाई गरी रङरोगन र ध्वजापताका आदिले घरआँगन सिंगारिन्छ । ढोकाहरुको तल र माथि पूmलमाला लगाएर र बिच्छ्याइन्छ। मूलढोकाको अगाडि अष्टदल बनाइन्छ । गेट र आँगनका बीचमा केराको खम्भा गाडिन्छ र त्यहाँ दीपमालिका सजाइन्छ । यसपछि साँझमा पाला सजाएर द्वारदेखि पूजाकक्षसम्म लस्करै दीप प्रज्वलन गरी धनधान्यकी अधिष्ठात्री देवी लक्ष्मीलाई स्वागत गर्दै नैवेद्यादिले षोडशोपचारले पूजा अर्चना गरी घरको वरिपरि दीप जलाई अर्चना गरिन्छ ।


गोरुपूजामा पनि गोरुलाई मन पर्ने मिष्ठान्नादि तयार पार्नुका साथै बारीबाट बालासहितको एकमुठा धान ल्याइन्छ। उसको अग्रभागमा समेत शङ्खचक्रादि बनाई पूजा अर्चना गरिन्छ र तयार पारिएका सबै बाला सहितको धानसहित मिष्ठान्नादि अर्पण गरिन्छ । कृषिकर्ममा सहयोग गर्ने गोरुलाई सबैभन्दा पहिले नवोत्पादित अन्न अर्पण गरी उसलाई सर्वोपरी महत्व दिइने गरिन्छ ।
भाइटीकाका दिन गच्छे अनुसार दिदीबहिनीहरुले सेलरोटी, अर्सा, फिनी, जेरी, पुरी, लड्डू, पेडा, कुरौनी आदि पक्वान्न, काजु, किसमिस, नरिवल, बदाम, छोहोरा, मिस्री, आदि विभिन्न परिकार तयार पार्दछन्। साथै वस्त्रादि उपहारको जोहो गर्दछन् । अघिल्लो दिन नै सयपत्री र मखमली फूलले सजिएका सुन्दर माला बनाउँछन् । दाजुभाइलाई लगाउने माला त्यसै दिन उन्नु हुन्न भन्ने मान्यता रहेको हुँदा दिदीबहिनीहरुले अघिल्लो दिन नै तयार पार्ने गर्दछन् । दीपकलश र गणेश स्थापना गरी सुरुमा यमराजको भाग छुट्याई बाटो वा चौबाटोमा लागेर अर्पित गर्दछन् ।
त्यसपछि पानी र तोरीको तेलले दाजुभाइको तीन पटक परिक्रमा गरी केशमा तेल लगाई कपाल कोरिदिएर र कानमा तेल हादिदिएर आफ्नो दाजु वा भाइसँगका ती बाल्यकालीन पलका माया र ममता स्मरण गर्दछन् । सप्तरङ्गी टीका लगाई धूपदीप नैवेद्य र फूलवस्त्रादिद्वारा पूजा अर्चना सकिएपछि विशेष रुपमा तयार पारिएका पक्वान्नहरु दाजुभाइलाई अर्पित गरी ओखर फोर्छन् र पक्वान्न खान आग्रह गर्दछन्। उनीहरुले आफ्ना दाजुभाइलाई आक्रमण गर्न आउने यमदूतहरुलाई पनि त्यसरी नै फोरेर अन्त्य गर्ने वाचा गर्ने गर्दछन्। नेवारी संस्कृतिमा भाइपूजा गर्ने दिन नै म्ह:पूजा अर्थात् आफ्नो आत्मा (शरिर) पूजा गर्ने चलन छ।


तिहारको अर्को विशेषताको रुपमा रहेको छ देउसी भैलो। श्रीमद् भागवत अनुसार बलिले स्वर्गमा कव्जा गरेपछि इन्द्रादि देवताहरु चिन्तित भए। उनीहरु विष्णु समक्ष पुगे र दुःख व्यक्त गरे। यसपछि विष्णु वामन रुप धारण गरी उनै बलि राजा भएका ठाउँमा पुगे र दानका रुपमा तीन पाउ जमिन दिन आग्रह गरे। आफ्ना गुरुशुक्राचार्यले नमान्दा नमान्दै पनि उनले तीन पाउ दिने सङ्कल्प गरे। यसपछि विष्णुले विराट रुप धारण गरे र एउटा पाउ पृथ्वीमा र अर्को पाउ स्वर्गमा टेके। यसपछि उनले अर्को पाउ कहाँ राख्ने भनेर बलिलाई सोधे। बलिले आफ्नो वाचा पूरा हुने गरी अर्को ठाउँ कहीँ नपाएपछि अर्को तेस्रो पाउ राख्नका निम्ति आप्mनै शिर दिए । यसपछि प्रजाजनले उनलाई ‘देउशिरे देउशिरे’ भन्न सुरु गरे। भगवान् विष्णुबाट अनुगृहीत बनेका राजा बलिले पनि घरघर गई खुशीपूर्वक साँस्कृतिक पर्व मनाउन आप्mना जनतालाई आदेश दिए। फलस्वरुप उनीहरुले भजनगीत गाउँदै बीचबीचमा देउशिरेले पठाएको भन्दै देउशिरे देउशिरे दोहो¥याइरहे। यही पछि देउशिरे देउसी भयो। ध्वनिसाम्यका आधारमा ‘भलो गर्ने लक्ष्मी आइन’ भन्दाभन्दै ‘भैलिनी आइन्’ भएको अनुभूति हुन्छ। सामान्यतया लक्ष्मी पूजा गरेका रात्रिमा मात्र महिलाहरुले भैली खेल्ने प्रचलन रहेको कथनबाट यो तथ्य स्पष्ट हुन्छ।
स्कन्द पुराणको कात्तिक महात्म्यमा उल्लेख भए अनुसार काग यमदूत हो (काकोद्रसि यमदूतोद्रसि गृहाण बलिमुत्तमम्…)। कुकुर यमकुलमै जन्मिएका हो। यो पनि कुकुर यमदूत हुन्। गाई मोक्षधेनू हुन्। मानिसलाई वैतरणी नदी तार्ने र पापमोचन गर्ने प्राणीका रुपमा गाईलाई लिइन्छ। गोरुले कृषिकर्ममा सघाउँछ। यसैले गोरुको पूजा गर्ने चलन रहेको आप्तको कथन छ। प्राकृतिक दृष्टिले कागलाई समाचार संवाहक प्राणीका रुपमा लिइन्छ। यसले यमका सन्देशहरु मानिस समक्ष पु¥याउने लोकविश्वास छ। कुकुरले मरणोपरान्त जीवात्मालाई यम समक्ष पु¥याउने लोकमत रहिआएको छ। यो भैरवको वाहन पनि हो।
गाई लक्ष्मी हुन्। हरेक वस्तु पवित्र तुल्याउने घरपालुवा प्राणी। दूध कलियुगका निम्ति अमृत। दही पाचन प्रणालीलाई सहयोग पु¥याउने अत्यन्त स्वादिष्ट वस्तु। घिउ आयु बढाउनमा मद्दत पु¥याउने। गोबर किट नाशक तथा आर्गानिक मल हुने। मूत्र स्वस्थकर तथा शास्त्रीय विधान अनुसार पनि दैहिक, मानसिक तथा आत्मिक पक्षलाई पवित्रता प्रदान गर्ने। यसर्थ गाई हरेक देवयाग र पितृयागहरुमा पनि उत्तिकै उपयोगी। भौतिक दृष्टिले चर्म र हाडहरु पनि उत्तिकै उपयोगी रहँदै आएको। यसर्थ पनि मानवका निम्ति सर्वलाभ प्रदायिनी। गोरु भनेको नन्दी। अर्थात् महादेवको वाहन। कृषकको अपरिहार्य सहयोगी। घाम, पानी र ठण्डीमा पनि उत्तिकै कर्मशील।
यी सबै हुन्ः मानिसका सहयोगी प्राणी। व्यावहारिक लोकजीवनलाई दृष्टिगत गर्दा पनि कागले शुभ र अशुभ समाचारको सूचना दिन्छ। रामायणमा काग र कागभुशुण्डीको कथा निकै प्रसिद्ध छ। चित्रकुटस्थित मन्दाकिनी नदीको किनारमा स्नान गरेर बसिरहेकी सीताका गोडामा कागले ठुङमा¥यो। रगतपच्छे गोडा देखेपछि रामले सीतालाई सोधे। उनले उत्तर दिइनन्। तर, रामलाई देखेर भाग्दै गरेको काग देखे। उसको मुखमा रगत देखे। रामलाई कागले नै प्रहार गरेको लाग्यो। यसपछि उनले कागको एकतिरको आँखामा प्रहार गरे। यसपछि उसको एउटा आँखा गुम्यो। यसपछि जन्मेका सबै काग प्रजातिको एउटा आँखा देख्दामा हुने तर त्यसमा दृष्टिशक्ति नहुने कथन प्रसिद्ध छ। यही कागकै बुज्रुग हुन् कागभुसुण्डी। उनले राम कहानी बारे चर्चा गरेको उल्लेख पाइन्छ रामचरित मानसमा।


कुकुर, मानिसका निम्ति प्रिय घरपालुवा प्राणी। अनेकौँ रङ आकृति र प्रकृतिका। घरको एउटा वफादार सिपाही। धनाढ्यहरुका निम्ति एउटा सुन्दर खेलौना। अपराधी पत्ता लगाउनमा अत्यन्त सहयोगी। सिकारीहरुका निम्ति सिकार पक्रनमा मद्दत पु¥याउने मुख्य सहयोगी। अन्टार्टिका महादेशहरुमा सवारी तान्ने साधन। हरेक दृष्टिले उपयोगी। यस अर्थमा तिहार प्रकृतिप्रति उच्च सम्मान जनाउने होे पर्व। स्थलचर र नभचर दुवै खाले प्राणीप्रति श्रद्धाशील। हुन त नागपञ्चमीमा जल तथा स्थल दुवैमा रम्ने नागको अर्चना गरी जलचर प्राणीप्रति पनि उच्च श्रद्धा प्रकट गर्ने शास्त्रीय तथा व्यावहारिक परम्परा छ। तर, यमपञ्चककै चौथो दिन नै सिङ्गो प्रकृतिको प्रतिनिधिका रुपमा गोवद्र्धन बनाएर पूजा गर्ने प्रचलन छ। व्यास रचित श्रीमद्भागवत अनुसार त्रेता युगमा वृन्दावनका निवासी गोपगोपीहरुले वर्षा गर्ने देवता भन्दै इन्द्रको भव्य पूजा गर्ने गर्थे।
त्यस परम्परालाई श्रीकृष्णले रोके र वर्षाको मुख्य कारण प्रकृति नै भएको र यसैका कारण खेती राम्रो हुनुका साथै फल पनि राम्रो लाग्ने, सारा वन्यप्राणी सहित पशुचौपायाहरुले पनि वनबाटै आफ्नो आहारा प्राप्त गर्ने हुनाले त्यसको कृतज्ञता स्वरुप मानिसले पनि प्रकृतिकै पूजा गर्नु उचित हुने सल्लाह दिए। यसपछि गोवद्र्धनलाई प्रकृतिको प्रतिनिधि मानी पूजा गराए। यस कार्यबाट रुष्ट भएका इन्द्रले भीषण वर्षा गराए। सिङ्गो वृन्दावनै जलमय हुनथालेपछि भयभीत भएका गोपगोपीहरुले कृष्णसँग रक्षा गर्न अपील गरे। यसपछि उनले गोवद्र्धन पर्वतै उचालेर सारा गोपगोपीहरुको रक्षा गरेको देखेपछि इन्द्रले वर्षा रोके र कृष्णसँग आई क्षमा मागे । यसपछि गोवद्र्धन पूजा गर्ने प्रचलन आरम्भ भएको र यसलाई नेपाली सँस्कृतिले पनि आफ्नो अभिन्न अङ्ग पर्वका रुपमा मान्दै आएको देखिन्छ। यसैदिनलाई वैष्णव सम्प्रदायका मानिसहरुले अन्नकूट पर्वका रुपमा मान्दै आएका छन्। उनीहरुले सम्भव भएसम्म चौरासी व्यञ्जनको राश लगाई त्यसलाई भगवान्मा समर्पित गरी (भोग लगाई) प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ । यसप्रकार तिहार बहुसांस्कृतिक पर्व हो। सबै खाले प्राणीहरुको समान सम्मान र महत्व दिने पर्व हो ।

You might also like
Loading...