लक्ष्मी जयन्तीमा स्रष्टा सम्मान (भिडियाे सहित)

0




११० अाैं लक्ष्मी जयन्तीकाे अवसरमा चार साहित्यकार र १ पत्रकारलाई सम्मान गरिएकाे छ।

साहित्यकारहरूमा भारत असामका कृण्णविक्रम राना, असामकै देविमाया सापकाेटा, चितवनकी मिरा तिमिल्सिना र पर्वतका महेन्द्र प्रकाश शाही रहेका थिए भने पत्रकारमा नेपाल प्रेस यूनियन, नवलपुरका सभापति विरेन्द्र पराजुली हुनुहुन्थ्याे ।




नेपाली साहित्यकाे श्रीवृद्धिमा याेगदान पुर्याए बापत उहाँहरूलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा सदानन्द अभागीकाे समालाेचना संग्रह, पुस्तककाे विमाेचन पनि गरिएकाे थियाे ।

लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष सदानन्द अभागीकाे अध्यक्षता बरिष्ठ साहित्यकार केशवराज अामाेदीकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे ।

त्यसैगरी कार्यक्रममा दीपक साेती, गाेर्खे साईलाे, भूपेन्द्र शर्मा गण्डर्षि, लीला राना, सराेज उजाड, अर्जुन अविरल लगायत दुई दर्जन स्रष्टाहरूले रचना वाचन गरेका थिए ।




सम्बन्धित
Loading...