चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

0 13







चितवन २४, कार्तिक ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत चितवनको राप्ती नगरपालिका स्थित हर्दिमा शुक्रबाराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ का रमेशबाबु त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४० प ७२२४ नम्वरको मोटरसाईकललाई नम्वर नखुलेको सवारीले ठक्कर दिदा मोटरसाईकल चालक त्रिपाठीको मृत्यु भएको हो । रातीको समयमाठक्कर पश्चात सवारी साधन फरार रहेकाले पहिचान नभएको प्रहरीले जानकारी दिएको छ ।

You might also like
Loading...