बुटवलमा जुवाको खालबाट ट्रक व्यवसायीका उपाध्यक्ष सहित ६ जना पक्राउ

0 14







बुटवल, २४ कात्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ लाख २६ हजार नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पाण्डे राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका निवर्तमान अध्यक्ष पनि हुन् ।

बुटवल मण्डप अगाडि धनकुमार कु“वरको घरमा जुवा खेलिरहेको अवस्थामा वडा प्रहरी र इलाका प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार राति छापा मारेको थियो ।

You might also like
Loading...