खैरहनीको जीवनपुरबाट १९ जुवाडे पक्राउ

0

चितवन, २४ कार्तिक ।




चितवनको खैरहनी नगरपालिकाबाट १९ जना जुवाडे शुक्रबारराती पक्राउ परेका छन् । साथै जुवाखालबाट नगद २ लाख ४१ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा गएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थााम पक्राउ गरेको थियो ।







सम्बन्धित
Loading...