नेपाली काङ्ग्रेस प्रतापपुरले गर्‍यो शुभकामना आदन प्रदान कार्यक्रम

0

श्याम थापा



नवलपरासी २५ कार्तिक 



पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ६ र ८ को नेपाली काङ्ग्रेस वडा कार्यसमितिले दिपावली छठ,कृसमस,सुहम्मद जयन्ती तथा ल्होसारको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवंम चियापान कार्यक्रम प्रतापपुर गाउँपालिकाको जनजागृती माध्यमिक विद्यालय गुठिप्रसौनीको प्राङ्गणमा गरेको छ ।
नेपाली काङ्ग्रेस साबिक गूठीप्रसौनीका इकाई सभापति राम प्रसाद पालको सभापतित्वमा,पुर्व माननीय सांसद एवंम नेपाली काङ्ग्रेसका नेता देवकरण प्रसाद कलवार सन्तु र पुर्व माननीय सांसद एवंम नेपाली काङ्ग्रेसका नेता बिक्रम खनालको बिशेष अतिथ्यतामा भएको शुभकामना आदानप्रदान एवंम चियापान कार्यक्रममा नेपाल विद्यार्थी संघ सुस्ताका अध्यक्ष बिधाता यादव,महिला संघ कि बिमला उपाध्याय,दलित संघ का कन्हैया हरिजन,साबिक दाउन्ने देबिका सभापति दामोदर जि.सि,तरुण दल पश्चिम नवलपरासीका कोषाध्यक्ष अशोक कुमार चौधरी,नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिस्मिल्ला अन्सारी,नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिश्व प्रेम पाठक,नेपाली काङ्ग्रेस माहासमिती सदस्य एवंम प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्मा,नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादव र नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा ने क पा तथा विभिन्न पार्टी परित्याग गरि १० जना नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छ्न ।



सम्बन्धित
Loading...