तुलसीपुरमा नेपाल एयरलाइन्सको उडान थप

0 18







दाङ  २५ कात्तिक। नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।

अहिले नेपाल एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार मात्र काठमाडौं–तुलसीपुर उडान गर्दै आएको छ । यात्रुको संख्या बढेको भन्दै बुधबार समेत थप गरेर सातामा तीन दिन उडान गर्न लागिएको हो । ‘यात्रुको माग भए बमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौं,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले भने ।

मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए ।

You might also like
Loading...