सुदूरपश्चिममा भूकम्पको धक्का

0

दार्चुला, २५ कात्तिक । दार्चुला जिल्ला लगायत सुदूरपश्चिमभरी आईतबार दिउँसो १२ बजेर ५२ मिनेट र १२ बजेर ५९ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।




दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाइ केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।


अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनै पनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जाने गरेको छ ।




सम्बन्धित
Loading...