किशोरीहरुद्वारा नेतृत्व विकासको तालिम सञ्चालन

0 54







नवलपरासी (देवचुली), २५ कात्तिक ।


नवलपुरको देवचुलीमा किशोरीहरुद्वारा आफ्नै उमेर समुहका र आफुभन्दा साना बालबालिकाहरुलाई समुदायमा कसरी नेतृत्व विकास गर्ने, समुहको विकास र समुहमा कसरी कार्य गर्ने भन्ने बारेमा तालिम दिन थालेका छन् ।
देवचुली नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले प्रत्येक महिना फरक फरक बिषयमा तालिमहरु सञ्चालन गर्ने क्रममा आज देवचुली १५ मा रहेको जनज्योती माध्यमिक विद्यालयका कक्षा ९ का ३५ जना विद्यार्थीहरुलाई नेतृत्व, नेतृत्वको प्रकार, गुणहरु, यसको महत्व, टिमको सही व्यवस्थापनको बारेमा तालिम सञ्चालन गरेका हुन् ।
किशोरी शसक्तिकरण कार्यक्रमको सञ्चालन पश्चात विद्यालयस्तरमा र समुदायस्तरमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको र आज विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको कुरा किशोरी अभियन्ता आशा विकले बताए ।
विद्यालयमा भएका बिभिन्न समुहमा उनीहरुको सहभागिता त रहेको नै हुन्छ तर कसरी सही नेतृत्व लिने र टिममा कसरी कार्य गर्दा उपलब्धी धेरै हासिल गर्न सकीन्छ भन्ने बारेमा जानकारी दिएको र किशोरकिशोरीहरुले एकदमै ध्यानपूर्वक सुनेर क्रियाकलापहरु समेत सम्पन्न गरेको कुरा अर्की अभियन्ता सुमिना कुमालले बताए ।
उनीहरुले विभिन्न भिडियोको दृश्यहरु, मनोर ञ्जनमुलक खेलहरु बाट सो कुराहरु जानकारी दिएकोले समेत बुझ्न सफल भएको कुरा सहभागीहरुले बताए । यस्ता कार्यक्रमहरुले बिधार्थीहरुको चौतर्फी विकास समेत हुने भएकोले कार्यक्रम गर्नको लागि विद्यालय प्रशासन सदैव तयार रहेको कुरा विद्यालयका प्रधानाध्यापक कृष्ण बरालले बताए ।

You might also like
Loading...