प्रथम विश्वयुद्धको एकसय वर्ष: विश्व नेताहरू प्यारिसमा

0 44







फ्रान्सको प्यारिसमा प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको एकसय वर्ष पुगेको सम्झनामा प्यारिसमा आयोजित एउटा समारोहमा विश्वका नेताहरू सहभागी हुँदैछन्।

आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित स्मृतिसभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका थिए।

विश्वका अन्य भागहरूमा अन्य कैयौँ कार्यक्रमहरू भइरहेका छन्।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्व युद्धका क्रममा झण्डै ९७ लाख सैनिकहरूले ज्यान गुमाए भने करिब १ करोड गैरसैनिकहरू मारिएका थिए।

सम्बोधनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ उपस्थित विश्व नेताहरूलाई शान्तिका निम्ति एउटा संयुक्त लडाइँमा सहभागी हुन आह्वान गरे।

एकअर्काविरुद्ध आफूभित्र रहेको डर राख्नुको साटो आशाहरू जगाउन उनले आह्वान गरे।

माक्रोँले उनकै शब्दमा देशभक्ति राष्ट्रवादको ठ्याक्कै विपरीत भएको बताए।

विश्वका झण्डै ७० देशका नेताहरू पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुगेको सम्झनामा आयोजित समारोहहरूमा सहभागी हुन फ्रान्स पुगेका छन्।

प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा आयोजित मुख्य कार्यक्रमको नेतृत्व राष्ट्रपति माक्रोँले गरेका थिए। एकजना अज्ञात सैनिकको समाधिस्थलमा स्मृतिसभा आयोजना गरिएको बिबिसीले जनाएको छ ।

You might also like
Loading...