हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

0 54







रुपन्देही, २६ कात्तिक
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका-७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका-२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
गत कात्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया सर्मिला घर्ति जि.सि.लाई दुर्गाबहादुरले आफ्नै डेरा कोठामा हत्या गरी फरार भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा रुपन्देही सिद्धार्थ नगरपालिका-३ वसपार्क स्थितबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like
Loading...