चर्चित कमिक पुस्तकका लेखक लीको निधन

0 23







२७ कात्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ।

लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए ।

सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उनलाई पप संस्कृतिको पिता भन्दै पात्रहरुको ब्रह्माण्ड सर्जक भनेका छन् ।

रोमानियाबाट बसाइँसराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए । उनले जीवनको लामो कालखण्ड पश्चिमा युवालक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए ।

You might also like
Loading...