विरुवा विक्रीबाट लाखौंको आम्दानी

0

गोपी ज्ञवाली
नवलपरासी, २ मंसीर ।




पश्चिम नवलपरासी सुनवलका एक किसानले तरकारी र फलफुलका विरुवा विक्रीबाट लाखौं रुपियांको आमदानी गर्न सफल हुनु भएको छ ।
पश्चिम नवलपरासी सुनवल नगरपालिकाका अगुवा किसान विमल ढकालले यस वर्षको तरकारीको मौसम शुरु हुना साथ उन्नत प्रजातिका तरकारी र फलफुुलका विरुवा उत्पादन गरि विक्रीबाट लाखौं रुपियांको आमदानी गर्न सफल भएका छन ।
सुनवल नगरपालिकाको वार्ड नम्बर ३ किर्तीपुर स्थित विमल नर्सरीबाट पछिल्लो दुई महिना भित्रमा मात्र उन्नत प्रजातिका विभिन्न प्रकारका तरकारी र फलफुलका विरुवा विक्रीबाट दुई लाख भन्दा बडि रकम आमदानी गर्न सफल भएको श्रमजिवी कृष्क समुहका किसान विमल ढमालले बताए ।
केही विरुवा बरखा सकिय पछि र केही विरुवा भदौको अन्तीम हप्ता देखी उत्पादन गर्न शुरु गर्नु भएका किसान ढकालले अहिले सम्म फलफुल तर्फ लिची, कटहर, कागती, आप, अम्बा लगाएतका विरुवा उत्पादन गरि विक्री वितरण गर्नु भएको छ भने तरकारी तर्फ खुर्सानी, भान्टा, टमाटर, पात गोवि, फुलगोवि, ब्रोकाउली, उन्नत प्रकारको साग, लगाएतका तरकारीहरुको विरुवा उत्पादन गर्नु भई विक्री गरिएको संचारकर्मीलाई बताए । यी विरुवा विक्रीबाट अहिले सम्म दुई लाख भन्दा बडिको आमदानी गर्न समेत सफल भएको बताएका छन ।
बरखाको मौसम सकिए पछि तरकारी र फलफुलका विरुवा उत्पादन शुरु गर्नु भएका किसानले पछिल्लो भदौको अन्तीम हप्ता देखी अहिल सम्म फलफुलका सयौं र तरकारीका हजारौं विरुवाहरु उत्पादन गरि विक्री गरीएको बताउनु भएको छ । सुनवलको बनकटटीमा उत्पादन गरीएका तरकारी र फलफुलका विरुवाहरु सुनवलको विसासय, किर्तीपुर, भुमही, स्वाठी लगाएतका स्थानका किसानहरुले लैजानु भएको छ भने सुनवल बाहिर वर्दघाट, परासी, गोपीगंज, त्रिवेणी, रुपन्देहीको खैरहनी, बुटवल भैरहवा लगाएतका स्थानबाट किसानहरु उन्नत प्रजातिको विरुवा लिनका लागि आउने गरेको अगुवा किसान ढकालले बताए ।
सीटिईविटीबाट फलफुल तथा नर्सरी ब्यवस्थापनमा छोटो समयको कोर्ष पढि कृषि पेशामा लागेका किसान ढकाल यस क्षेत्रका आठ दश जना अगुवा किसान मध्य एक सफल किसान भएको सुनवल नगरपालिकाका कृषी विकास अधिकृत रिम बहादुर थापाले बताउनु भएको छ । रासायनिक मलको प्रयोग विना नै प्रांगारिक वा गाईवस्तुको मल प्रयोग गरि विरुवा उत्पादन गर्ने र उन्नत जातका विरुवा हुने भएकाले विरुवामा कम रोग लाग्ने, उत्पादन बडि हुने भए पछि किसानहरुले यही नर्सरी खोजदै आउने गरेको विमलकी श्रीमाति सावित्रा ढकालले बताउनु भयो । पछिल्लो वर्ष केही संख्यामा लगिएका तरकारी विरुवाले राम्रो उत्पादन दिए पछि पुनः यस वर्ष पनि यसै नर्र्सरीबाट विरुवा लैजन आएको रुपन्देही देवदहका एक किसान अनिरुद्र पौडेलले बताए
भारतीय सिमानासंग जोडिएको नवलपरासीको दक्षिण तर्फका बजारहरुमा उन्नत प्रजातिको भन्दै भारतीयहरुले समान्य प्रकारकारका विरुवा विक्री गर्दै आएको अवश्थामा पछिल्ला केही वर्ष देखी नेपाल तर्फका केही किसानहरुले उत्पादन गरेका उन्नत प्रजातिका विरुवाले राम्रो स्थान पाउन थालेका छन ।







सम्बन्धित
Loading...