मन्त्री आफै भन्छन् जनअपेक्ष अनुसार काम गर्न सकिएन

5 38







नवलपरासी (बर्दघाट) । जनशक्ति अभाव हुंदा प्रदेश सरकारले गति लिन नसकेको प्रदेश नम्बर ५ का भौतिक योजना तथा विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन् ।
पछिल्लो समय प्रदेश सरकार र संघीय सरकारबीच जनशक्तिका विषयलाई लिएर तिक्तता चुलिदै गएको बेला मन्त्री चौधरीको यस्तो भनाई आएको हो ।
चौधरीले प्रदेशमा आवश्यक कर्मचारीहरु उपलब्ध नभएका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम अगाडि बढाउन नसकेको बताए ।
संघिय सरकारले प्रदेश सरकारमा आवश्यक कर्मचारी संख्या तत्काल परिपुर्ति नगरिदिए प्रदेश सरकारले आफैले व्यवस्था गरेर अगाडि बढ्ने उनको भनाई थियो ।
एक हप्ता भित्र प्रदेश सरकारका योजनाले तिब्रताका साथ गति लिने भन्दै मन्त्री चौधरीले प्रदेश पांच सरकारले लिएका सम्पूर्ण लक्ष्यहरु पुरा गर्ने गरी सरकार अगाडि बढिरहेको बताए ।
पश्चिम नवलपरासीको प्रतापपुर २ सेमरी गोपीगञ्जको जनसेवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारणसभाको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
जनसेवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोश्रो साधाणसभा प्रतापपुर २ सेमरीमा सम्पन्न भएको हो ।
२०७३ साल साउन महिना बाट सेवा दिन सुरु गरेको संस्थाले ४ सय ७९ वटा धारा मार्फत उपभोक्ताहरुलाई पानी वितरण गरिरहेको छ । साधारण सभामा प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा, बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल लगायतले बोलेका थिए ।
त्यस्तै प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष अञ्जु कुमारी चौधरी, प्रतापपुर गाउपालिका वडा नम्बर २ का अध्यक्ष ईश्वरी प्रसाद चौधरी, बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडा सदस्य निम प्रसाद बस्याल, गोपिगञ्ज बजार विकास समितिका अध्यक्ष
गणेश प्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

You might also like
Loading...