मोटरसाइकल दुर्घटनामा घाइतेको मृत्यु

0




गुल्मी, ९ मंसिर । बाग्लुङको मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै शनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्यू भएको छ।

सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपचारको क्रममा गय राति नै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखरा का युवराज खड्काको पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं शिक्षण अस्पतालमा पुर्याइएको छ ।




शनिवार बडिगाड महोत्सव तथा न्वागी मेला हेरि फर्किने क्रममा ग १० प ८६४९ नं। को मोटरसाइकल बडिगाड गाउँपालिका वडा नं.२, आकाशेपुल नजिकै ज्याङ्ना भन्ने स्थानमा दुर्घटना भएको थियो।

सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको थियो। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो।




सम्बन्धित
Loading...