भोलिबाट त्रिभुवन बाल मावि धान्याञ्चल हुने

7 53







नवलपरासी, १० मंसिर ।
कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माविको स्वर्ण महोत्सव तथा धन धान्याञ्चलको पुर्ण रुपमा तयारी पुरा भएको सोमबार कावासोतीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
विद्यालयले स्वर्ण महोत्सव कक्षा १२ सम्म सञ्चालन भएको त्रिभुवन माविमा विज्ञानसंकाय संचलनार्थ धान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको हो ।

विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा मंसिर ११ गते देखि धन्याचल गर्दै छ । धनध्यान्याचल महायज्ञको ११ गतेको शोभा कलस यात्रा तथा धार्मिक कार्यक्रमको नेपालका प्रथम ऐतिहासीक जगद्गुरु अन्नतश्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले समुद्धाटन गर्ने कार्यक्रम रहेको छ भने मंसिर १२ गते विद्यालयको ५० बर्ष पुरा गरेको अवसरमा स्थापना गरीएको स्वर्ण स्तम्भको अनावरण नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने मुल आयोजक समितिका संयोजक चुरामण्ी थनैतले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा आर्थिक उपसमिति संयोजक हरी शंकर पराजुलीले हाल सम्म विद्यालयको स्वर्ण महोत्सव तथा धनधान्याचल महायज्ञ र बिज्ञान संकय सञ्चलनार्थ हाल सम्म करीव ३५ लाख नगद संकलन भएको जानकारी दिनुभयो ।

धनधान्याचल महायज्ञका लागी विद्यालयका कर्मचारी गोपाल प्रसाद मल्ल र सुरक्षा गार्ड गिरीराज पौडेलले २५ –२५ हजार , वभनौली कला वाध वाट ३ लाख, ७१ हजार ३ सय १५्र, त्यस्तै सयपत्रि आमा समुहवाट १ लाख २५ हजार ५ सय ५५ र मध्यविन्दु साझेदारी वन वाट ६ लाख ३० हजार रकम संकलन भई सकेको र स्थानिय आमा समुहबाट समेत नगद प्रदान गर्नु भएको बताउनु भयो । साथै उहाले विज्ञान संकाय संचलनाथ सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननिय तिलक महत क्षेत्रीले विद्यालयको विज्ञान संकाय संचलनार्थ सासद विकास कोष बाट २० लाख , पुर्व विद्यार्थी एवम् ५ नं. प्रदेशका माननिय अर्जुन के.सीबाट २ लाखको अक्षयकोष स्थापना को लागी सहयोग गर्नु भएको जानकारी दिनुभयो । स्वर्ण महोत्सव तथा धन धान्यान्चल ज्ञान महायज्ञको अफिसियल मिडिया रेडियो सामथ्र्य रहेको छ भने आधिकारीक बैक सिभिल बैक रहेको छ ।

You might also like
Loading...