इलाका प्रहरी कार्यालय बेलाटारी द्वारा ठुलो मात्रामा कुखुराको चल्ला बरामद

1

श्याम थापा


नवलपरासी १० मंसिर



पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको इलाका प्रहरी कार्यालय बेलाटारीले ठुलो मात्रामा अबैध रूपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कुखुराको चल्ला बरामद गरेको छ ।
गएराती ११ बजे प्रदेश ब्युरोका टोली र इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउँपालिकाको बर्दघाटे पुल नीर पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनु भयो ।
भारत बाट अवैध रूपमा नेपाल ल्याउदै गरेको करिब १ लाख ८० हजार बराबरको ३० गट्टा बोइलर कुखुराको चल्ला नेपाल भित्र्याउने क्रममा प्रतापपुर गाउँपालिकाको बर्दघाटे पुलमा प्रहरीलाई देख्ने बितिकै चल्ला ब्यपारीहरु कुखुराको चल्ला फालेर फरार भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले बताउनु भयो ।
बरामद भएको बोइलर कुखुराको चल्ला पशु क्यारेन्ट टाईन कार्यालय महेशपुरका पशु प्राबिधिक खडक बहादुर सिंह,पत्रकार श्याम थापा,प्रतापपुर गाउँपालिका वार्ड न ८ का सदस्य निजामुदिन मिया र भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको छ ।


सम्बन्धित
Loading...