महिला हिंसा बिरुद्धको अभियान

0 88







कावासोती

 

सामुदायिक बन उपभोक्ताको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघले महिला हिंसा बिरुद्धको अभियान संचालन गर्ने भएको छ । यही मंसीर २१ गते नवलपुरको कावासोतीमा महिला हिंसा बिरुद्ध १६ दिने अभियान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सोमवार देबचुली १५ स्थित महाराजा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बसेको भेलाले उक्त निर्णय गरेको हो । सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको सचिवालयले गरेको परिपत्र अनुसार जिल्ला महासंघले अभियान सञ्चालन गर्ने निर्णय भएको भेलामा उपस्थित सामुदायिक बन महासंघका प्रदेश सदस्य शालिकराम कोइरालाले जानकारी दिनुभयो ।

भेलाले अभियानलाई भब्य रुपमा सफल पार्न जिल्ला महासंघ मातहतका सम्पूर्ण स्थानीय महासंघलाई सक्रिय सहभागिताका साथ उपस्थित हुन आग्रह गरेको छ । भेलाले अभियानलाई सफल पार्न स्थानीय सरकारसँग सहयोग माग गर्ने तथा आर्थिक बर्ष २०७३/०७४ को स्थानीय समूहहरुले जिल्ला महासंघलदाई बुझाउनुपर्ने रकम बुझाउन समेत अनुरोध गरेको छ ।

भेलामा महासंघका केन्द्रिय सदस्य सीता खड्का न्यौपाने, प्रदेश महासंघ उपाध्यक्ष खगराज सापकोटा, प्रदेश सदस्य शालिकराम कोइराला, देबीमाया घिमिरे लगायतको उपस्थिति रहेको थियो । भेलाको अध्यक्षता नवलपरासी जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ नेपालका कार्यबाहक अध्यक्ष मना भण्डारीले गर्नुभएको थियो ।

You might also like
Loading...