हत्या प्रकरणः शवको दाह संस्कार, सहिद घोषणाको पहल

7




कपिलवस्तु, ९ मंसिर
शुक्रबार राती गोली प्रहार गरि हत्या गरिएका कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को शवको दाहसंस्कार भएको छ ।
शनिबार स्थानीय प्रशासनसँगको सहमती पछि परिवारजनले मर्थी खोलाको पन्थघाटमा दाहसंस्कार गरेका हुन् ।
मृतक चौधरीलाई उनका बाबु रामरक्षाप्रसाद कुर्मीले दागबत्ती दिएका थिए । मृतक राजा बाबुको श्रीमती, ५ बर्षिय छोरी र ३ बर्षिय छोरा छन । यता मृतक परिवार सँगको सहमतीलाई कार्यान्वयनका लागी जिल्ला सुरक्षा समितिले पहल कदमी शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको संयोजकत्वमा सम्पन्न जिल्ला सुरक्षा समिती कपिलवस्तुको बैठकले हत्या गरिएका दिपेन्द्र कुमार चौधरीलाई सहित घोषणा तथा मृतकका परिवारलाई उपयुक्त क्षतिपुर्तिका लागी गृह मन्त्रलायमा सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।




सम्बन्धित
Loading...