चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा दुई जनाको मृत्यु

0

चितवन, मंसिर १२- 




चितवनको माडी नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।




हात्तीको आक्रमणबाट बेपत्ता भएकी ६० वर्षीय स्थानीय तिर्सनाकाली पौडेलको घटना स्थलभन्दा पारिपट्टी खोलाको किनारमा शव भेटिएपछि मृतकको संख्या दुई जना पुगेको हो । उनीसँगै माडी नगरपालिका वडा नम्बर ९ कै उनीसँग जंगलमा घाँस काट्न गएकी वर्ष ३५ की सुशीला भण्डारीको शव घटनास्थलमा भेटिएको थियो ।

रीउ खोलाको किनारमा घाँस काट्न गएका उनीहरुलाई जंगली हात्तीले आज दिउँसो आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

 




सम्बन्धित
Loading...