क्रान्तिकारी माओवादीको वैठक बुटवलमा

0




कावासोती, १५ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रिय कमिटिको वैठक बुटवलमा चलिरहेको छ। मंसिर १२ गतेबाट शुरु भएको वैठक मंसिर १७ गते सकिने छ ।
वैठकमा शुक्रबार महासचिव मोहन वैद्य किरणले पेश गरेको केन्द्रिय कार्यालयको रिपोर्टमाथि छलफल भएको छ।
महासचिवले पेश गरेको भएको केन्द्रिय कार्यालयको रिपोर्टमाथि केन्द्रिय सदस्यहरुले धारण राख्ने क्रम सकिएपछि शनिबार महासचिव किरणले निष्कर्ष सहित जवाफ दिने कार्यक्रम रहेको छ । उक्त प्रतिवेदन सम्भवतः शनिबार पास हुने छ ।
केन्द्रिय कार्यालयको रिपोर्टमा राष्ट्रियता, जनजन्त्र, जनजीविकाका विषयलाई मुद्दा बनाएर पार्टीलाई कसरी संघर्षमा होम्ने जस्ता विषयहरु समावेश रहेको वैठकमा सहभागी सदस्यहरुले बताएका छन् ।
वैठकमा सहभागी अधिकांश सदस्यहरुले पार्टीलाई जीवित राख्न संघर्षमा होमिनुको विकल्प नभएको राय पेश गरेका थिए।




सम्बन्धित
Loading...