गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासी बाङ्लादेशमा

4

श्याम थापा
बाङ्लादेश १५ मंसिर
अन्तर्देशिय नदी ब्यबस्थापनका लागी नागरिक दबाब निर्माण गर्न बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा शुरु हुन गैरहेको दक्षिण एसिया स्तरिय नदी अधिकार मञ्चको सम्मेलनमा गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासी यतिखेर बाङ्लादेशमा पुगेको छ ।
एक नदि धेरै समुदाय भन्ने मुल नाराको साथ बाङ्लादेश,नेपाल र भारतका जल अभियानकर्मी,पत्रकार,बुद्धिजिबिहरुको सहभागितामा बाङ्लादेशको राजशाही अन्तर्गत गोदागरीमा भएको सम्मेलनमा नेपालबाट गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीले भाग लिएको हो ।
सम्मेलनमा नेपालमा गण्डक,भारतमा गङ्गा र बाङ्लादेशको पदमा भनिने नदिले नदि तटीय क्षेत्रमा बसेका नदि पीडितहरुले नदीबाट भोग्न परेको समस्या र आ आफ्नो सरकारले यश बिषयमा ध्यान नदिएर स्थानीयबासीहरुले दु:ख पाएको बताए । सम्मेलनले ११ बुदे घोषणा पत्र पास गरेको छ ।
सो सम्मेलनमा नेपाल तर्फबाट गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ता,समितिका सचीव शैलेन्द्र कुमार शर्मा,समितिका प्रबक्ता बृजराज कुशवाहा,समितिका सहसचिव नारायण भण्डारी र पत्रकार श्याम थापाको सहभागिता रहेको छ । भने जल अभियानमा काम गर्ने गैरसरकारी संस्था इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीका कार्याकारी निर्देशक बद्री प्रसाद सुबेदि,संस्थाका उपाध्यक्ष होमराज कुवर,बिमल चन्द्र घिमिरे र दधिराम पौडेल रहनु भएको छ ।






सम्बन्धित
Loading...