११ बुदे कावासोती घोषणपत्र जारी गर्दै सकियो लेखापढी व्यवसायीको प्रदेश भेला

5

मीना कंडेल । नवलपरासी




११ बुँदे कावासोती घोषणा पत्र जारी गर्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन गण्डकी प्रदेशको प्रदेश स्तरीय भेला सकिएको छ ।
दुई दिनसम्म चलेको भेलाले जारी गरेको घोषणापत्रमा शून्य सहनशिलता कार्यक्रमलाई अगाडि वढाउने, रोकिएको कित्तालाई व्यवस्थित तरिकावाट खोल्नु पर्नै, लेखापढी नियमावली २०५२ अनुसार पेशा व्यवसायलाई खुल्ला रुपमा गर्न पाउनु पर्नै लगायतका बुँदाहरु समावेश छन् ।
त्यस्तै लेखापढी व्यवसायीको पेशागत सुरक्षाको लागि सेवा केन्द्रको रुपमा जिल्ला इकाइ समितिले गर्न पाउनु पर्नै, सुकुम्वासी समस्या समाधान आयोगले जग्गा धनिको लालपुर्जा फुकुवा गर्नु पर्ने, गुठीको नाममा रहेका अव्यवस्थित जग्गाको लालपुर्जा व्यवस्थित गराउनु पर्ने जस्ता मागहरु पनि घोषणा पत्रमा समेटिएको छ ।
भेला सहितको दुई दिने प्रशिक्षण कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष सिताराम दाहाल, महासचिव कृष्ण प्रसाद दाहाल, अधिवतmा मदन कुमार दाहाल, मालपोत कार्यालयका प्रमुख अशोक कुमार भटराइले प्रशिक्षण दिएका थिए ।
भेलामा गण्डकी प्रदेशका प्रत्येक जिल्लाबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु, गण्डकी प्रदेश भित्र रहेको केन्द्रिय समितिका पदाधिकारी एव सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैबीच भेलाले ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।
पोखराका डिल्लीराम पौडेलको संयोजकत्वमा वागलुङका ज्ञानु थापा र कावासोतीका जसवहादुर कुमाल सदस्य रहने गरी लेखा समिति गठन गरिएको हो ।







सम्बन्धित
Loading...